रवि लामिछाने । फाइल फोटो ।
पोखरा । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन् । कास्कीबाट रिहा भएको १ सातापछि जिल्ला अदालत काठमाडौंले उनलाई बुधबार ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । रविविरुद्ध कास्की, काठमाडौं, बुटवल, पर्सा र चितवनमा सहकारी ठगीकै मुद्दा छ । उनीविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप पनि छ ।
काठमाडौंका जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ‘कसुरदार होइनन् भन्न नसकिने’ कारण देखाएर धरौटी मागेको हो । अदालतले धरौटीमा रिहा गर्ने आदेश दिँदा ३ वटा कारण अघि सारेको छ । पहिलो कारण, उनले गोर्खा मिडियाबाट निवेदन दिएरै शेयर खरिद गरेको भनेको छ भने दोस्रो कारणमा शेयर होल्डर हुनुअघि नै बैंकमा खाता खोलेर कारोबारमा सहभागी भएको जनाएको छ ।
तेस्रो कारण, कम्पनीको चेक काटेर सहकारीलाई भुक्तानी दिएको उल्लेख गरिएको छ । ‘रवि लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिका बिक्रीमा रहेको १,८०,००० शेयर खरिद गर्न अनुमति पाऊँ भनी निवेदन दिई शेयर लिएको देखिँदा निजले उक्त प्रालिको शेयर खरिद गरिलिएको देखिइ निज प्रतिवादी गोर्खा नेटवर्क मिडिया प्रालिको शेयर होल्डर एवं प्रबन्धक निर्देशकसमेत रहेको देखियो,’ आदेशमा भनिएको छ ।
लामिछानेले कम्पनीबाट स्वेट शेयर लिएको र राजीनामा दिएपछि पैसा नलिएको बताएका थिए । उनले कम्पनीको शेयर होल्डर अघि नै ग्लोबल आइएमई बैंकको खातामा हस्ताक्षर गर्ने गरेको अदालतले आदेशमा भनेको छ । ‘गोर्खा नेटवर्क मिडिया प्रालिमा शेयर होल्डर एवं प्रबन्ध निर्देशक हुनुभन्दा अघि नै रवि लामिछानेसमेतको हस्ताक्षरबाट खाता सञ्चालन गरी गोर्खा नेटवर्क मिडिया प्रालिको ग्लोबल आईएमई बैंकमा खाता खोली सञ्चालनमा ल्याएको, निज प्रबन्ध निर्देशक भएको बेलामा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य नरहेको गोरखा नेटवर्क मिडिया प्रालिको सोही खातामा उक्त सहकारी संस्थाबाट रकम आएको देखियो,’ सोही आदेशको खण्डमा उल्लेख छ ।
यस्तै, उनले आफू कार्यरत् रहेकै बेला चेक काटेर ऋण भुक्तान गरेको विषयलाई अदालतले धरौटी माग्ने कारणमा उल्लेख गरेको छ । ‘रवि लामिछाने र गितेन्द्रबाबु राईको नाममा ऋण खाता खोली ४६,९८,००० चारपाङ्ग्रे लोन र ४६,४८,००० इको सेभेन सिटर भ्यान लोन लिएको, प्रतिवादी रवि लामिछानेको हस्ताक्षरबाट काटिएको चेकबाट ९०,१६,६६० स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा ऋण भुक्तान गरेको, गोर्खा मिडिया नेटवर्क प्रा.लि.को खाताबाट प्रतिवादी रवि लामिछानेको एकल हस्ताक्षरबाट समेत विभिन्न व्यक्तिका नाममा रकम भुक्तानी भएको देखिँदा अहिले नै प्रतिवादी रवि लामिछाने प्रस्तुत वारदातमा कसूरदार होइनन् भन्न सक्ने अवस्था देखिएन ।’
बुधबार लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, रमण श्रेष्ठ, अधिवक्ताहरु सुरज बस्नेत र राजेन्द्रप्रसाद सेढाईंले बहस गरेका थिए । पीडित बचतकर्तातर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले, जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल र सहायक न्यायाधिवक्ता गणेशकुमार शर्माले जवाफी बहस गरे । त्यस्तै, पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी पनि बहस गरे ।
अदालतको आदेशपछि अब लामिछाने थुना बाहिरै बसेर मुद्दा लड्न पाउने छन् ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१