पोखरा । १३ औं संस्करणको पोखरा महोत्सवमा बुधबारदेखि विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता सुरु भएको छ ।
पहिलो दिनको प्रस्तुतिबाट सेन्ट मेरिज सेमिफाइनल प्रवेश गरेको छ । सेन्ट मेरिजले बालकल्याण, कालिका मावि र अमरसिंह मावि (बि) लाई पछाडि पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो । १२ टिमले भाग लिएको प्रतियोगितामा कास्की मोडनाइज्ड हार्वर्ड र ज्ञानगंगा बोर्डिङ स्कुलबीच प्रतिस्पर्धा रहने छ । शुक्रबार बेसलाइन, पोखरा युनाइटेड र अमरसिंह मावि (ए) बीच प्रतिस्पर्धा रहने छ । ५ माघमा सरस्वती इङ्लिस, न्यू ग्यालेक्सी, विभूति शिक्षा सदन र प्यारामाउण्ट पब्लिकबीच प्रतिस्पर्धा हुने महोत्सवका प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
प्रथम हुने विद्यालयले नगद ४५ हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार साथमा शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् । सान्त्वना २ टिमले १०÷१० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन्
बुधबार गायिका अस्मिता अधिकारीको प्रस्तुतिमा दर्शकले भरपूर मनोरञ्जन लिए । उनीसँगै चोलेन्द्र पौडेल, तारापति सुवेदी, तुलसा क्षत्री, ज्योती लोहनी, वसन्ती थापा मगर, कमला सुनार, परशुराम अधिकारीको दोहोरी प्रस्तुति रह्यो । राजेन्द्र गिरी (गुन्दु्रके) को हाँस्यब्यङ्ग्य तथा लाइभ ब्याण्डतर्फ सुगम पोखरेल एण्ड बाजागाजाको प्रस्तुति रह्यो ।
बिहीबार लोक तथा दोहोरीगायक बद्री पंगेनी, चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, सरिता सारु मगर, नेत्र खड्का, सुनिता नेपाली र हाँस्य कलाकार पवन खतिवडा (म्याकुरी) को प्रस्तुति हुनेछ ।
लाइभ कन्सर्टमा कबवेवको प्रस्तुति रहने प्रचार संयोजक सुनारले बताए ।
युनाइटेड क्लबले निर्माण गर्न लागेको युनाइटेड छात्राबासका लागि रामबहादुर थापाको स्मृतिमा ज्येष्ठ नागरिक समाज नेपाल, कास्कीको अक्षयकोषको ब्याजबाट ५ हजार १ सय प्रदान गरिएको छ ।
सो रकम संस्थाका सचिव इच्छाबहादुर वाग्लेसहित छोराहरु शान्तबहादुर, सुनिलबहादुर र सुशीलाबहादुर थापाको उपस्थितिमा क्लबका पदाधिकारीहरुलाई प्रदान गरिएको थियो ।
दर्शकको आगमनसँगै महोत्सवमा राखिएका स्टलहरुमा समेत व्यापार बढेको महोत्सवका अर्थ तथा स्टल व्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
जरोटुप्पोमा सम जयन्ती र सम्मान
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
कोटीहोम गोलचक्करमा पोखरा
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
hero news full width
मुख्य समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१