पोखरा । मादी गाउँपालिका ८, नागीधार गाउँमा यही ४–६ माघसम्म नागीधार महोत्सव हुँदैछ ।
मूल आयोजक समिति संयोजक ओमप्रकाश गुरुङले महोत्सवको तयारी पूरा भएको बताए । उनले भने, ‘सम्पूर्णले आ–आफ्नो जिम्माको काम पुरा गरिसक्नुभएको छ । अतिथि पाहुनाको हामी स्वागत गर्न आतुर छौं ।’
गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले महोत्सव उद्घाटन गर्ने संयुक्त मूल आयोजक समिति सदस्य तथा नागीधार सिर्जनशील युवा क्लबका अध्यक्ष विशाल घलेले बताए । सो अवसरमा थुम्सीकोटदेखि गहते मिजुरे पाखुरीकोट नाघीधार पोसीसम्म सडक स्तरोन्नतिका लागि प्रदेश सरकारका प्रवक्ता डा. टकराज गुरुङलाई माग पत्र पेस गर्ने कार्यक्रम समेत रहेको संयोजक तथा स्थानीय जनप्रतिनिधि समेत रहेका ओमप्रकाश गुरुङले जानकारी दिए ।
नागीधार गाउँ तथा त्यस आसपास क्षेत्रको पर्यटन, खेलकुद, संस्कृति संरक्षण तथा प्रवद्र्धन, मनोरन्जन साथै प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।
उद्घाटनअघि विभिन्न गुरुङ समुदायको कृष्ण चरित्र नाच, ब्राह्मण समुदायको भजन टुक्कालगायतको सांस्कृतिक झाँीसहितको ¥याली निकालिने छ । महोत्सवको ५ हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
नागीधार सिर्जनशील युवा क्लब, सबुदुम्हर्सो तमु समाज नागीधार र नेदा तमु सेवा समिति पोखरालगायतको संयुक्त आयोजना तथा नागीधार टोल विकास संस्था, नागीधार विश्वकर्मा एकता समाज, सोंथरबेंसी विकास समिति लगायत संस्थाहरुको सहयोग तथा प्रवद्र्धनमा महोत्सयव हुन लागेको नेदा तमु सेवा समाज पोखराका अध्यक्ष राजकुमार गुरुङले बताए ।
महोत्सवकै अवसरमा खेलमैदान परिसरमा समाजसेवी लक्ष्मी गुरुङद्वारा निर्माण गरिएको प्रतीक्षालय उद्घाटन, समाजसेवी सरबहादुर गुरुङ, नरबहादुर गुरुङ कृष्णप्रसाद गुरुङको परिवारद्वारा निर्माण गरिएको खानेपानी धारा र चौतारा उद्घाटन गरिने कार्यक्रमसमेत तय छ ।
महोत्सवमा खेलकुद प्रतियोगितातर्फ सेभेन ए साइड पुरुष फुटबल, छेलो फाल्ने (पुरुषतर्फ), रसी तान्ने ( पुरुष तथा महिला) रहेका छन् । सांस्कृतिक कार्यक्रमतर्फ सामूहिक नृत्य प्रतियोगिता, स्थानीय गाउँहरुको आमा समूह नाच, युवा क्लबको ठेटार नाच, घाँटु नाच, कृष्ण चरित्र नाच, चर्चित गायकगायिकाको प्रस्तुति सांस्कृतिक झाँकीहरु लगायत प्रस्तुति रहने आर्थिक उपसमिति संयोजक प्रकाश गुरुङले जानकारी दिए ।
शैक्षिक कार्यक्रमतर्फ कक्षा १ देखि ३ सम्मका विद्यार्थीका लागि श्रुति लेखन प्रतियोगिता, कक्षा ४ देखि ८ सम्मका विद्यार्थीका लागि मादी–८ को समृद्धि र पर्यटन प्रवद्र्धनका लागि सम्भावनाहरु के के हुन सक्छन् भन्ने शीर्षकमा वक्तृत्वकला प्रतियोगिता राखिएको सबुदुम्हर्सो तमु समाज नागीधारका अध्यक्ष होमबहादुर गुरुङले बताए । पोखराको भद्रकाली काँहुखोलाबाट ३५ किमीको दुरीमा रहेको नागीधार सवारीसाधनबाट सजिलै पुग्न सकिने नागीधार सिर्जनशील युवा क्लबका उपाध्यक्ष बसन्त गुरुङले जानकारी दिए । विजयपुरबाट कालिका, सौरे, भगवतीटार भएर पनि पुगिन्छ भने बेगनासबाट सौर्य, भगवतीटार थुम्सीकोट भएर पनि नागीधार गाउँ पुग्न सकिन्छ । नागीधार र पाखुरीकोट गाउँमा केही होम स्टे तथा होटेलसमेतको सुविधा छ ।
Related News
सम्बन्धित समाचार
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
२६ औं घलेल ल्होछार उत्सव
प्राधिकरणले विमानस्थल चलाउने कार्ययोजना बनाएन : गुरुङ
२६ औं पोखरा सडक महोत्सव सुरु
hero news full width
मुख्य समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
माघ २९, २०८१ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१