देवघाटमा मकर काव्य यामिनी

आदर्श समाज सम्वाददाता
माघ ३, २०८१
MAKAR 3 use it

देवघाट । महेश संस्कृत गुरुकुल देवघाट, तनहुँको आयोजना तथा लेखनाथ साहित्य प्रतिष्ठान, पोखराको आतिथ्यमा २२ औं मकर काव्य यामिनी सम्पन्न भएको छ ।

पुस मसान्तको राति १ बजेसम्म चलेको सो कार्यक्रममा झण्डै ८० जना साहित्यकारहरुले रचना वाचन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ लोकगायिका एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य प्राज्ञ सदस्य हरिदेवी कोइरालाले आध्यात्मिक क्षेत्रको रुपमा चिनिएको देवघाट साहित्यिकरुपले पनि ओतप्रोत भएको बताइन् ।

अध्यक्षको आशनबाट महेश सन्यास आश्रमका पीठाधीश रमणानन्द गिरीले साहित्यकारका रचनाबाट आनन्दीसहित धेरै प्रकारका ज्ञान प्राप्त हुने उल्लेख गरे ।

लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले प्रतिष्ठानले लेखनाथ जन्मस्थलको संरक्षणका साथै विविध साहित्यिक कार्यक्रम संचालन गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, लेखनाथ जन्मस्थल विकास समितिका कार्यवाहक अध्यक्ष गोपीराज पौडेल, समाजसेवी ध्रुव अधिकारी, हरिदेवी कोइराला संगीत प्रतिष्ठानका संरक्षक रामबहादुर कोइराला, प्राडा गुरुप्रसाद त्रिपाठी, डा. बमबहादुर जिताली लगायतको विशेष उपस्थिति थियो ।

विसं २०६० बाट नियमित संचालन हुँदै आएको मकर काव्य यामिनी राष्ट्रियस्तरको काव्यिक महोत्सव हो । माघ १ गते तीर्थस्नान गर्नु पूर्व काव्यपान गरिनु यसको विशेषता मानिन्छ । उक्त महोत्सवमा सहभागी हुन यस वर्ष लेखनाथ साहित्य प्रतिष्ठान पोखराबाट २० सदस्यीय टोली देवघाट पुगेको थियो ।

पीठाधीशका प्राचार्य उपप्राध्यापक कमल सुवेदीको स्वागत मन्तव्य रहेको कार्यक्रममा कार्यक्रम संयोजक तथा गुरुकुलका आचार्य फणीन्द्रप्रसाद पौडेलले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…
  • सम जयन्तीमा रंगकर्मीको सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । नेपाली नाट्य क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने पोखराका ३ जना रंगकर्मीलाई सम्मान गरिएको छ । नाट्यसम्राट बालकृष्ण समको १२२…
  • पोखरामा लोपोन्मुख नृत्य प्रदर्शन

    आदर्श समाज सम्वाददाता माघ १९, २०८१
    पोखरा । तरेली सांस्कृतिक परिवार आयोजनामा गण्डकीको पहिचानरुपमा रहेका लोपोन्मुख नृत्य प्रदर्शन सुरु भएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा…
  • संगीतकार सुरेश सम्मानित

    आदर्श समाज सम्वाददाता माघ ८, २०८१
    पोखरा । सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) एवं संगीतकार सुरेश गैरे दुई उपाधिबाट सम्मानित भएका छन् । २४ औं सशस्त्र प्रहरी…

hero news full width