सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई

आदर्श समाज सम्वाददाता
माघ ३, २०८१
Award news ghandruk

पोखरा । घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज मेश्रो अवार्डको सातौं संस्करणबाट उनी सम्मानित भएका हुन् ।

उनलाई पोखरामा आयोजित समारोहमा अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङ र घान्द्रुक समाज हङकङका उपाध्यक्ष दीपककुमार गुरुङले अवार्डसहित नगद ५० हजार प्रदान गरेको लामा अमृत फाउण्डेसन घान्द्रुकका संस्थापक अमृत गुरुङले जानकारी दिए ।

घान्द्रुक समाज हङकङका उपाध्यक्ष दीपककुमार गुरुङले प्कृति संरक्षणमा परियारले दिएको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको बताए ।

संस्थाले बे्रज मेश्रो अवार्डबाट राजबहादुर गुरुङ, कृष्णप्रसाद पौडेल, भक्तबहादुर गुरुङ, धनमाया गुरुङ, ललित गुरुङ र चिन्तबहादुर गुरुङलाई प्रदान गरेको छ ।

वडाध्यक्ष गौतम गुरुङ गाउँको विकाससँगै विभिन्न क्षेत्रमा दिएका योगदानको कदर गर्दै प्रदान गरिएको अवार्डले मनोवल उच्च हुने बताए । कार्यक्रममा घान्द्रुक समाज हङकङका पूर्व अध्यक्ष क्या. कमल गुरुङ, ब्रेज मेश्रोम घान्द्रुक तमु समाजका अध्यक्ष गोकुलबहादुर गुरुङले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width