पोखरा । सहारा क्लब पोखरालाई सहयोग आउने क्रम जारी छ । क्लबले आयोजना गर्न लागेको २४ औं आहारारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता सफल पार्न विभिन्न संघसंस्था तथा व्यक्ति विशेषले खुलेर सहयोग गरेका हुन् ।
यसैक्रममा, ८८४८ इन्टरटेनमेन्ट इभेन्ट म्यानेज्मेन्टका संचालक गिनिज गुरुङले बुधबार ५० हजार सहयोग गरे । क्लबका शुभचिन्तक उनले प्रतियोगिताको पूर्ण सफलताको कामनासहित सहयोग गरेको उक्त रकम प्रतिनिधिको रुपमा ओम लामा, उत्सव श्रेष्ठ र उज्ज्वल श्रेष्ठले क्लबका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङलाई हस्तान्तरण गरे ।
रकम ग्रहण गर्दै वरिष्ठ उपाध्यक्ष गुरुङले आभार व्यक्त गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामनासहित आगामी दिनहरुमा यसप्रकारको सहयोग निरन्तरताको आग्रह गरे ।
सो अवसरमा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली, महासचिव रामजीप्रसाद अधिकारी, सहकोषाध्यक्ष अशोक लालचन, कार्यसमिति सदस्य अमर राजभण्डारीको उपस्थिति थियो ।
यसैबीच, दर्शकमध्ये एक जनाले टिकटका आधारमा गोलप्रथाद्वारा ५ हजार जित्न सक्ने भएका छन् । सो पुरस्कारवापत्को रकम सहारा एफसी यूकेका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले प्रायोजन गरेका हुन् । प्रायोजन सम्झौता समारोमा क्लबका सदस्य एवं पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, मानार्थ सदस्य महेश गुरुङ, क्लबका निवर्तमान अध्यक्ष हरिराम गुरुङ (सुरज), पूर्व अध्यक्षद्वय विक्रम थकाली र वीरभद्र आचार्य, वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ, सचिव टंकप्रसाद पौडेल, अग्रज फोटो पत्रकार सुदर्शन रञ्जित उपस्थित थिए ।
यही माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा हुने २४ औं संस्करणको सो प्रतियोगितामा १२ टिमले भाग लिँदै छन् । तीमध्ये १० टिम टुंगो लागिसकेको छ । जसमा त्रिभुवन आर्मी क्लब, थ्रि स्टार, मछिन्द्र, नेपाल पुलिस क्लब, एपिएफ, संकटा, चर्च ब्वाइज युनाइटेड, एनआरटी, ब्रिगेड ब्याइज फुटबल क्लब युके र आयोजक सहारा क्लब पोखरा अनुबन्ध भएका हुन् ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद यु ट्यूव च्यानलबाट हुनेछ । त्यसवापत हाम्रो खेलकुदले क्लबलाई ५ लाख दिएर प्रसारणको सम्झौता गरेको आर्थिक उपसमिति संयोजक सुनिल गुरुङले जनाए । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ तथा सहप्रायोजक चितवनको जयश्री फुड्स प्रालि हो ।
क्लबले पोखरा १७, दोबिल्लामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी संचालन गरी हाल ३० जना बालकलाई आश्रय दिएको छ । प्रतियोगिताबाट संकलित रकम क्लबले एकेडेमीमा खर्चिदै आएको क्लब अध्यक्ष केशवराज बरालले बताए ।
Related News
सम्बन्धित समाचार
ब्ल्याक बुल्स् सेमिफाइनलमा
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
हिमालयनलाई वडाध्यक्ष कप
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
hero news full width
मुख्य समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१