माछापुच्छ्रे क्याम्पस पुनःजीवनको प्रयास

आदर्श समाज सम्वाददाता
माघ ३, २०८१
machha Main

पोखरा । करिब ७ वर्षदेखि बन्द माछापुच्छ्रे क्याम्पस पुनःसंचालनको प्रयास थालिएको छ ।

अन्नपूर्ण–२, ढिकुरपोखरीस्थित उक्त क्याम्पसको गत २७ पुसमा २० औं साधारणसभा (दोस्रोपटक) तथा सातौंं अधिवेशन भयो । अधिवेशनले शिवहरि सुवेदीको अध्यक्षतामा क्याम्पस संचालक समिति गठन गरेको छ । उपाध्यक्षमा मुक्तिराम अधिकारी तथा सदस्य नारायणप्रसाद भण्डारी, खगराज अधिकारी, बामदेव पौडेल र कृष्णकुमारी सुवेदी चयन भए ।

त्यस्तै, वडाध्यक्ष, गाउँपालिका अध्यक्ष, विद्यालयका अध्यक्ष, जिल्ला शिक्षा समन्वयका प्रतिनिधि, विश्वविद्यालयका प्रतिनिधि सदस्य तथा क्याम्पस प्रमुख सदस्यसचिव रहने व्यवस्था छ ।

कपिलमणि दाहाल संयोजक तथा मदन पौडेल र लोकनाथ पौडेल सदस्य रहेको निर्वाचनमण्डलले सर्वसम्मत समिति चयन गरेको हो । समिति गठनसँगै अब क्याम्पस प्रमुख नियुक्ति र स्नातक तहतर्फ शिक्षाशास्त्र संकाय संचालनको तयारी भइरहेको अध्यक्ष सुवेदीले बताए । उनले आगामी दिनमा त्रिविबाट बिबिए सम्बन्धन ल्याई संचालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अधिवेशन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले सबैको साथ सहयोगबाट क्याम्पसलाई पुनःजीवन दिनुपर्ने भन्दै त्यसमा गाउँपालिकाको साथ रहने प्रतिबद्धता जनाए । उनले स्थानीय समुदायलाई फाइदा पुग्ने विषयहरुको पठनपाठन हुनुपर्ने स्पष्ट पार्दै माछापुच्छे« क्याम्पस त्यस क्षेत्रकै गौरव शैक्षिक संस्था भएको धारणा राखे ।

त्यस अवसरमा गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी, संस्थापक अध्यक्ष युवराज कुँवर, वडाध्यक्ष पिताम्बर भण्डारी, माछापुच्छे« माविका अध्यक्ष मनपति भण्डारी, संचालक समिति उपाध्यक्ष गोविन्दप्रसाद अधिकारी, एमाले गाउँपालिका अध्यक्ष चूडामणि अधिकारी, माओवादी गाउँपालिका अध्यक्ष भेषराज पौडेल, राप्रपाका हरीराम भण्डारी, रास्वपाका शोभाखर अधिकारी लगायतले सबैसँग हालेमालो गर्दै क्याम्पस संचालन गर्नुपर्ने भनाइ राखे । पछिल्लोपटक ढिकुरपोखरी समाज पोखराले क्याम्पस संचालनमा सक्रियता देखाएको उनीहरुको भनाइ छ ।

मंगलबार भएको पदस्थापना समारोहमा गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले सबै मिली क्याम्पस जोगाउनुपर्ने भन्दै त्यसमार्फत स्थानीयले घर आँगनबाटै उच्च शिक्षा प्राप्त गर्ने औँल्याए ।

संचालक समितिका निवर्तमान अध्यक्ष पुण्यप्रसाद पौडेलले कार्ययोजना निर्माण गरी संचालनको तयारी गर्नुपर्ने भन्दै क्याम्पस संचालनमा सधाउन स्थानीयसँग आह्वान गरे ।

नवगठित समिति अध्यक्ष सुवेदीले संकटग्रस्त अवस्थाको क्याम्पसलाई पुनःजीवन दिन चुनौतीपूर्ण रहेको तर्क गर्दै सबैको सद्प्रयासबाट सफल हुने विश्वास व्यक्त गरे ।

क्याम्पस संचालनका लागि पछिल्लोपटक २०७३ माघ ५–१२ सम्म कास्की ढिकुरपोखरी शैक्षिक एवं धार्मिक महोत्सव भएको थियो । यद्यपि विद्यार्थी अभावका कारण त्यसयतादेखि क्याम्पस बन्द थियो ।

निर्वाचन संयोजक दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा निर्वाचन समिति सदस्य मदन पौडेलले स्वागत तथा सदस्य लोकनाथ पौडेलले कार्यक्रम संचालन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width