प्राडा पाठकको पदभार

आदर्श समाज सम्वाददाता
माघ ३, २०८१
pn campus pathak .

पोखरा । पृथ्वीनारायण क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख प्राडा हरिप्रसाद पाठकले पदभार ग्रहण गरेका छन् । बुधबार उनको स्वागत तथा पदस्थापना कार्यक्रम भएको हो ।

आइतबार त्रिवि कार्यकारी परिषद्को बैठकले त्रिविअन्तर्गतका २४ क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको थियो ।

ताप्लेजुङको सिनाममा जन्मिएका पाठक हाल पोखरा ५, पस्र्याङमा बस्दै आएका छन् । उनले पृथ्वीनारायण क्याम्पसमा ३० वर्षभन्दा बढी समयदेखि प्राध्यापन गर्दै आएका छन् । व्यवस्थापन विषयका प्राडा पाठकले त्रिविबाटै विद्यावारिधि गरेका हुन् । २०५१ सालमा व्यवस्थापन संकायमा सहायक प्राध्यापकको रुपमा प्रवेश गरेका थिए । उनी व्यवस्थापन संकायका विभागीय प्रमुखसमेत थिए । अनुसन्धान तथा नवप्रवर्तन केन्द्र पृथ्वीनारायण क्याम्पसका सदस्य हुन् । द जर्नल अफ नेप्लिज बिजनेस स्टडिजका कार्यकारी सम्पादक उनी आन्तरिक गुणस्तर सुनिश्चितता समितिद्वारा गठित एमबिएस पाठ्यक्रम मूल्याङ्कन र सुझाव समितिका समन्वय भई सेवा गरेका छन् ।

पिएनलगायत अन्य क्याम्पसका व्यवस्थापन संकायका शिक्षक तथा विद्यार्थीहरूलाई एसपिएसएस सफ्टवेयर चलाउने, अनुसन्धान पद्दति, अनुसन्धान लेख लेख्ने, अनुसन्धान प्रस्ताव लेखन, थेसिस लेखन, आदि विषयमा तालिम प्रदान गर्दै आएका छन् ।

उनले क्याम्पसले शैक्षिक उत्कृष्टता अभिवृद्ध गर्ने, शिक्षक तथा कर्मचारी विकास, विद्यार्थीको निरन्तरता, उत्तीर्ण दर र समग्र सहभागितामा वृद्धि गर्ने, समुदायसँगको सहकार्य र पहुँचलाई सुदृढ गर्ने, पृथ्वीनारायण क्याम्पसलाई प्रमाणपत्र प्रदान गर्ने संस्था बनाउन रुपान्तरण गर्ने लक्ष्य राखेका छन् ।

Related News

सम्बन्धित समाचार

  • पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । पोखरामा झण्डै सातादिनदेखि थुप्रिएको फोहोर बिहीबारदेखि उठ्ने भएको छ । त्यसबारे पोखरा महानगरपालिका, वडा कार्यालय ३२ र लामेआहालस्थित…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…

hero news full width