१३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम

आदर्श समाज सम्वाददाता
माघ १, २०८१
pokhara fest

पोखरा । युनाइटेड क्लब आयोजनामा अमरसिंहचौरमा १३ औं पोखरा महोत्सव जारी छ । गत २५ पुसदेखि सुरु महोत्सवमा बुधबारदेखि विद्यालयस्तरीय सामूहिक लोकनृत्य प्रतियोगिता हुने आयोजकले जनायो । १४ टिमले भाग लिएको प्रतियोगिताको पहिलो दिन २ माघमा बालकल्याण, कालिका मावि, सेन्ट मेरिज, अमरसिंह मावि (बि) बीच प्रतिस्पर्धा हुनेछ ।

प्रथमले ४५ हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार साथमा शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् । सान्त्वना २ टिमले जनही १० हजार सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले बताए । छैटौं दिन माघेसंक्रान्ति परेकाले दर्शकको उल्लेख्य सहभागिता रह्यो । लोक तथा दोहोरी गायिका शान्तिश्री परियार, चोलेन्द्र पौडेल, पार्वती जिसी, तुलसा क्षेत्री, सन्तोष सुवेदी, निश्चल थापा मगर, पूजा गुरुङ, गंगा पौडेल, आयुषजंग कार्कीको प्रस्तुतिसँगै गंगा पौडेल र पोखरेली माग्नेबुढा र धुर्मुसको हाँंस्य ब्यङ्ग्य प्रस्तुतिमा दर्शक रमाए । लाइभ कन्सर्टमा लाहुरेले झुमाए ।

बुधबार लोकदोहोरीतर्फ अस्मिता अधिकारी, चोलेन्द्र पौडेल, तारापति सुवेदी, तुलसा क्षत्री, ज्योति लोहनी, वसन्ती थापामगर, कमला सुनार, परशुराम अधिकारी र राजेन्द्र गिरी (गुन्दु्रके) को हाँस्यब्यङ्ग्य प्रस्तुति हुनेछ । लाइभ कन्सर्टमा सुगम पोखरेल एण्ड बाजागाजाको प्रस्तुति हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width