लेखनाथ । १३ दिनसम्म चलेको २० औं लेखनाथ महोत्सव साढे ९ करोडभन्दा बढी कारोबार तथा ३ लाखभन्दा बढी दर्शक भित्राउँदै सम्पन्न भएको छ ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने मूलनाराका साथ लेखनाथ उद्योग वाणिज्य संघ आयोजनामा गत १८ पुसदेखि सुरु भएको महोत्सव आयोजकको लक्ष्यभन्दा बढी कारोबारसहित मंगलबार सम्पन्न भएको प्रचारप्रसार संयोजक जानुका पराजुलीले बताइन् । उनका अनुसार महोत्सवमा ९ करोड ५० लाख रुपैयाँभन्दा बढी कारोबार भएको छ भने ३ लाखभन्दा बढी दर्शकले अवलोकन गरेका हुन् ।
महोत्सवमा करिब ९० लाख आम्दानी हुने र खर्च कटाई करिब १० लाख बचत हुने आयोजकको अनुमान थियो । महोत्सवमा ३ सय ३६ स्टल राखिएका थिए ।
महोत्सवको समापन समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महोत्सव सफल भएकामा आमदर्शक र आयोजकलाई धन्यवाद दिँदै महोत्सवमा राखिएको गौतम बुद्धको मूर्ति उपयुक्त स्थानमा व्यवस्थित गरिने आश्वासन दिए । उनले यस क्षेत्रमा २१ ओटा विभिन्न परियोजनाजस्तै वेगनास तालको वाटर स्पोर्टस्, पोखराको प्रवेशद्वारमा रहेको हेलमेट डाँडालगायतका विभिन्न परियोजना सफल पार्न निजी क्षेत्रसमेत लगानी आह्वान गरे । उनले पोखरा आफैँमा सौन्दर्यले भरिपूर्ण रहेको, शिक्षा, खेलकुद, धार्मिक क्षेत्र, भाषा, साहित्यमा लगायतका विषय समेटेर महानगरसँग सहकार्य गरी साँच्चिकै पर्यटनको राजधानीको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले २० औँ संस्करणसम्म आउँदा ‘महोत्सवको पनि महोत्सव’ भन्ने पहिचान स्थापित गर्न सफल भएको बताए । उनले यसपालि पनि दर्शकको साथ मिलेको, उत्पादक र उपभोक्ता एकैथलोमा मिलाएर व्यापार र पर्यटनमा विकास पु¥याएको बताउँदै प्राकृतिक सम्पदाको संरक्षणमा समेत जुट्न सबैमा आग्रह गरे ।
लेखनाथभित्रका सम्पूर्ण संघसंस्था, व्यवसायीहरु, विभिन्न जातजातिहरु, आमा÷महिला समूहहरू र समग्रमा सम्पूर्ण लेखनाथवासीको एकताका कारण महोत्सवको सफलता सम्भव भएको बताए ।
गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताउँदै मेलाले क्रेता र बिक्रेतालाई एकै ठाउँमा जम्मा गरी वस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान पु¥याउने धारणा राखिन् ।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले महोत्सवले लेखनाथ क्षेत्रको पहिचान गरी यस क्षेत्रमा उत्पादित कृषिजन्य बस्तुको व्यापार प्रवद्र्धन भएको र आगामी दिनमा अझ पर्यटकीयस्थल र ऐतिहासिकस्थलको खोजी गर्न आग्रह गरे ।
महोत्सव अवसरमा निर्माण गरिएको बुद्धको मूर्तिसहितको नमुना विशेष आकर्षणको केन्द्र बनेको थियो । मातृशक्तिको सम्मानमा पहिलोपटक भएको हाजिरीजवाफ प्रतियोगिता, रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, जातजातिको सम्मानमा लोप हुन लागेका रीतिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी, आदिवासी जनजाति तथा आमा÷महिला समूहहरूको आफ्नो झाँकी¥याली तथा भेषभूषा प्रदर्शनी, हाँस्यव्यङ्य कलाकारको दैनिक प्रस्तुति रह्यो ।
यस्तै, कृषि तथा पशुपक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, राष्ट्रिय उत्पादन, शैक्षिक, हस्तकलाको प्रदर्शनी, बालउद्यान, खाना महोत्सव, राष्ट्रिय लोकदोहोरी कार्यक्रम, लाइभ म्यूजिक कन्सर्टलगायत थप आकर्षण थिए ।
समापनमा विभिन्न विधाका विजयी व्यवसायी, दर्शक एवं कलाकारलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।
आयोजकले महोत्सव सञ्चालनबाट हुने बचत रकम औद्योगिक क्षेत्र निर्माणको पहल एवं सहयोग तथा सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने जनाएको छ ।
संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन महासचिव जानुका पराजुली र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी ‘राजु’ ले गरेका थिए ।
संघले २०५८ सालमा सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सव २०६१ सालदेखि वार्षिक रुपमा ‘लेखनाथ महोत्सव’ नामबाट संचालन हुँदै आएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१