पोखरा। टाइगर ग्रुप अफ नेपालको आयोजनामा माघ दोस्रो सातादेखि पोखरा रंगशालामा हुने टाइकर कप भलिबल प्रतियोगितामा १२ टिमको टुंगो लागेको छ । तीमध्ये महिला र पुरुषतर्फ ६/६ टिमले भाग लिने निश्चित भएको हो ।
एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता यस क्षेत्रमा हुने सबैभन्दा ठूलो राशिको भलिबल प्रतियोगिता हो । प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले मंंगलबार विज्ञप्ति जारी गर्दै टिमबारे जानकारी दिएका हुन् ।
उनका अनुसार पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, श्रीलंकन भलिबल टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले भाग लिने छन् ।
महिलातर्फ नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमण्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्ड र आयोजकको टिमले भाग लिने छन् । आयोजकले महिलातर्फ पहिलोपल्ट टिम उतार्न लागेको हो ।
१२–१९ माघसम्म पोखरा रंगशालाको भलिबल कोर्टमा संचालन हुने प्रतियोगितामा पुरुष तथा महिलातर्फ विजेताले ५ लाख ८५ हजार ५५५ रुपैयाँ, उपविजेताले २ लाख ८५ हजार ५५५ र तेस्रोले १ लाख ८५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट हुने खेलाडी (महिला/पुरुष दुवै) ले जनही २५ हजार ७७७ प्राप्त गर्ने छन् । विधागततर्फ उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिबेरो, स्पाइकर र प्रशिक्षकले जनही १० हजार ५५ रुपैयाँ साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजक क्लब अध्यक्ष नारायणप्रसाद शर्मा बताउँछन् ।
गत चौंथो संस्करणको उपाधि पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ एपिएफले जितेका थिए । हेल्प नेपालले घरेलु टिम गण्डकीलाई ३–१ को सेटमा र महिलातर्फ एपिएफले न्यू डायमण्डलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको थियो ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१