पोखरा । नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखा आयोजनामा भएको निबन्ध लेखन प्रतियोगितामा ज्ञानसागर एकेडेमीकी नीकिता भण्डारी प्रथम भएकी छन् ।
विद्यालयस्तरीय (कक्षा ९–१२) उक्त प्रतियोगितामा गौरीशंकर क्याम्पसका सिर्जन छन्त्याल द्वितीय, हेमजा आवासीयकी आयुष्मा परियार तृतीय भए । स्नो भ्यू बोर्डिङकी अनुपा पौडेल र गौरीशंकर माविकी शर्मिला सुनार सान्त्वना भए ।
विष्णुपादुका माविबाट निशा तामाङ, धवलागिरी बोर्डिङबाट अनुजा पौडेल तथा अम्बिका माविकी असिमा सुनार विद्यालय प्रथम भएको उपशाखा कोषाध्यक्ष श्यामबहादुर कुँवरले जानकारी दिए । उनीहरुले क्रमशः ३ हजार, २ हजार, १ हजार तथा पाँच सय नगद पुरस्कार प्राप्त गरे ।
त्यस्तै, विद्यालय प्रथमलाई पनि जनही ५ सय रुपैयाँ पुरस्कार दिइयो ।
उपशाखाले रेडक्रसमा युवाको भूमिका, सामाजिक सञ्जाल प्रयोगका फाइदा तथा वेफाइदा एवम् युवा पलाइनबाट राष्ट्रलाई परेको असर विषयक प्रतियोगिता गरेको हो । प्रतियोगितामा हेमजाका ८ विद्यालयका ८० विद्यार्थीले भाग लिएका थिए ।
यसैबीच, हेमजा उपशाखाले शनिबार रेडक्रस अभिमुखीकरण एवम् नेतृत्व विकास प्रशिक्षण दिएको छ ।
रेडक्रसबारे अभिमुखीकरण गर्दै सहजकर्ता नवराज भण्डारीले रेडक्रस स्वयंसेवी संस्था भएको उल्लेख गर्दै रेडक्रस भावना आम जनमानसमा पुर्याउनुपर्ने औंल्याए ।
साइवर अपराधबारे प्रहरी सहायक निरीक्षक रवि आचार्य तथा नेतृत्व विकासबारे समाजसेवी भीमप्रसाद श्रेष्ठले प्रशिक्षण दिए ।
कार्यक्रममा रेडक्रस कास्की सभापति डण्डराज शर्मा, जिल्ला सदस्य खगेन्द्रराज पराजुली, तमबहादुर रोका, निलकण्ठ आचार्य, माधवराज बास्तोला, छन्दमणि त्रिपाठी लगायतले पनि धारणा राखे ।
उपशाखा सभापति नेत्रपाणि भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपसभापति टेकमाया आचार्यले स्वागत, मीनबहादुर पराजुली थापाले सात सिद्धान्त वाचन एवं सचिव रमा त्रिपाठीले संचालन गरिन् ।
उक्त कार्यक्रम वडा कार्यालयको सहयोगमा भएको हो ।
Related News
सम्बन्धित समाचार
पोखरामा लोपोन्मुख नृत्य प्रदर्शन
संगीतकार सुरेश सम्मानित
मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
देवघाटमा मकर काव्य यामिनी
पर्यटनको विकासमा संगीतको महत्व उच्च
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१