हिमालय माविका भूपू विद्यार्थी एकजुट

आदर्श समाज सम्वाददाता
पौष २९, २०८१
himalaya

पोखरा । गोरखाको शहीद लखन गाउँपालिका ६, घैरुङ, बास्कोटस्थित हिमालय माविमा हिमालय भूतपूर्व विद्यार्थी समिति गठन भएको छ । सो अवसरमा विद्यालय व्यवस्पापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक र भूतपूर्व विद्यार्थीबीच अन्तरक्रियासमेत भयो ।

विद्यालयबाट २०६८–०८० सालसम्म अध्ययन गरी एलएलसी/एसइई परीक्षा उत्तीर्ण विद्यार्थीमध्येबाट शिव श्रेष्ठको अध्यक्षतामा भूपू विद्यार्थी समिति गठन गरिएको हो । उपाध्यक्षमा थोमश ढकाल, सचिव कृष्ण गुरुङ, सहसचिव कुसुम गुरुङ, कोषाध्यक्ष सुमन श्रेष्ठ, सहकोषाध्यक्ष सुशीला गुरुङ चयन भए । सदस्यमा उत्तम गुरुङ, मनोज श्रेष्ठ, सुमना श्रेष्ठ, रेनुका कोइराला र सन्दीप श्रेष्ठ छन् ।

कार्यक्रममा विद्यालय प्रधानाध्यापक रामचन्द्र भट्टराई, विद्यालय व्यवस्थापन समितिका सदस्य रमेशकुमार श्रेष्ठ, शिक्षक मदन थापामगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रअ भट्टराईले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक बाबुराम श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य लक्ष्मी श्रेष्ठ, दिलमाया बिक, दुर्गा पौडेल, शिक्षक, विद्यार्थीको उल्लेख्य उपस्थिति थियो ।

सो अवसरमा हिमालय भूतपूर्व विद्यार्थी समाजलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रेष्ठले ५० हजार रुपैयाँ सहयोग गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width