पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीले ३८ औं स्थापना दिवस सोमबार खुला रक्तदान कार्यक्रम गरेको छ । संघको पोखरा राष्ट्र बैंक चोकस्थित कार्यालय परिसरमा भएको कार्यक्रममा ३८ युनिट रगत संकलन भयो ।
प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष खिमप्रकाश मल्लले पहिलो रक्तदाता सरस्वती भण्डारीलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरे ।
मल्लले महासंघले व्यवसायीको हकहित र अधिकारका लागि काम गर्दै आएको बताए । उनले पुराना आयोजनामा सरकारले बजेट व्यवस्थापन नगरेकाले त्यस्ता ठेक्का अन्त्य गर्नुपर्दछ भन्ने माग आफूहरुले उठाइरहेको बताए ।
संघ कास्कीका अध्यक्ष लीलकाजी गुरुङले संघले व्यवसायीका हकहितसँगै सामाजिक उत्तरदायित्वका धेरै कामहरु गरिरहेको बताए । उनले आगामी दिनमा सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका पूर्व मानार्थ सदस्य शिवशंकर गौचन, केन्द्रीय सदस्य एवं संघका निवर्तमान अध्यक्ष सुरेश श्रेष्ठ, संघका सल्लाहकार ओमप्रसाद गौचन, ऋषिराम गौतम, गण्डकी प्रदेश निर्माण व्यवसायी संघका अध्यक्ष टंकराज बराल लगायतले निर्माण क्षेत्रका समस्या समाधानका व्यावसायिक एकतामा जोड दिए । संघका वरिष्ठ उपाध्यक्ष प्रेम पहारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन सचिव डम्बरराज ढकालले गरेका थिए ।
संघले रक्तसञ्चार केन्द्र पोखरासँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको हो ।
यसैबीच, निर्माण व्यवसायी कल्याणकारी कोषबाट १ लाख ५० हजार रुपैयाँ निर्माण व्यवसायी गणेशराज अधिकारीलाई प्रदान गरियो । ७० वर्ष उमेर पार पारेका श्रीराम निर्माण फर्मका संचालक अधिकारीलाई पहिलोपटक औपचारिकरुपमा सम्मानस्वरुप सो सहयोग प्रदान गरिएको हो । संघले व्यवसायीलाई मरणोपरान्त सहयोग गर्दै आएकामा ७० वर्ष पुगेपछि निवेदन आधारमा आधा रकम दिने गरेको सचिव ढकालले जानकारी दिए । यसअघि, दर्जनजति व्यवसायीले सो रकम पाइसकेका छन् ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१