हाइकर्स क्लबको साधारणसभामा सम्मान

आदर्श समाज सम्वाददाता
पौष २९, २०८१
hikers

पोखरा । हाइकर्स क्लब, नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले स्वास्थ्य र पर्यटनका लागि हाइकिङ अभियानले लामो समयको अनुभव र निरन्तरतापछि संस्थागत रुप पाएकोमा खुसी व्यक्त गर्दै गाउँको पुराना पदमार्गलाई पर्यटनसँग जोड्दै पर्यटन प्रवद्र्घनको दूतको रुपमा हाइकर्स क्लबको भूमिका महत्वपूर्ण हुने बताए ।

पोखरा पर्यटन परिषद्् अध्यक्ष तारानाथ पहारीले पर्यटकको बसाइ लम्ब्याउन लागि र पोखरामा आउने पर्यटकलाई गाउँठाउँ रहनसहन देखाउँदै भुलाउन हाइकिङ उत्तम माध्यम भएको बताए ।

हाइकर्स क्लब नेपालले हालसम्म गरेको हाइकिङ गन्तव्यका पहिचानसहितको गाइड बुक निकालेर पोखराको पर्यटन प्रवद्र्घनमा थप टेवा पुग्ने बताउँदै यस कार्यमा लाग्न पोखरा पर्यटन परिषद्ले साथ दिने बताए ।

पोखरा महानगरपालिकाका पर्यटन विकास समिति उपाध्यक्ष रवीन्द्रराज पौडेलले पोखरा भ्रमण वर्ष–२०२५ को घोषणा हुने क्रममा रहेको बताउँदै क्लबलाई साथ र सहयोग गर्न महानगर तयार रहेको बताए ।
राष्ट्रिय पर्यटन परिषद् पूर्व सदस्य एवं पोखरा २१ का पूर्व अध्यक्ष खगराज आचार्यले पर्यटन प्रवद्र्घनको स्पष्ट मार्गचित्र कोरेर दीर्घकालीन योजना बनाएर नै हाइकिङ अभियानलाई अगाडि बढाउन सुझाव दिएका थिए ।

कार्यक्रममा हाइकिङ अभियानलाई सुरुआति दिनमा नेतृत्व गर्न भूमिका खेल्ने प्रवीन तुलाचन, ज्येष्ठ नागरिक भएर पनि निरन्तर हाइकिङमा सहभागी हुने यमबहादुर रानाभाट र सुशीला रानाभाटसहित महिला सरस्वती अधिकारीलाई सम्मान गरिएको थियो ।

त्यस्तै, एसियन फोरमका अध्यक्ष पार्वती पौडेल रेग्मी, सम्मानिततर्फबाट प्रवीण तुलाचनले शुभकामना व्यक्त गरेका थिए भने राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान स्याङ्जाका अध्यक्ष लोकदोहोरी गायक नेत्र खड्काले हाइकिङसँग सम्बन्धित सांगीतिक प्रस्तुति राखेका थिए ।

सभामा कोषाध्यक्ष टीका आचार्य सुवेदीको आर्थिक प्रतिवेदन र सचिव मधु अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । क्लबमा हाल २८ जना आजीवन र ४० जना साधारण सदस्य छन् ।

क्लब अध्यक्ष कृष्ण रानाभाटको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत सदस्य तिलक थापा संचालन सचिव मधु अधिकारीले गरेका थिए ।

सभापछि हाइकर्स टोलीले ५४ औं संस्करणको हाइकिङका लागि पोखरा १७, ड्यामसाइड रानीवन हुँदै पोखरा २२, कोदीस्थित झण्डापार्क पुगेको थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । पोखरामा झण्डै सातादिनदेखि थुप्रिएको फोहोर बिहीबारदेखि उठ्ने भएको छ । त्यसबारे पोखरा महानगरपालिका, वडा कार्यालय ३२ र लामेआहालस्थित…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…

hero news full width