पोखरा । कास्कीको अन्नपूर्ण–१, भारतीडाँडा टोलस्थित दिगो ग्रामीण (महिला) आमा समूहको आठौं वार्षिक साधारणसभा भएको छ ।
सभा उद्घाटन गर्दै अन्नपूर्ण १ का अध्यक्ष तुलसीप्रसाद अधिकारीले घरपरिवार तथा समुदायको सरसफाइ एवं वातावरणीय स्वस्थता कायम गर्न आमाहरुको भूमिका महत्वपूर्ण हुने बताए । उनले सामाजिक कार्यमा अग्रसर हुन आमा दिदीबहिनीलाई सुझाव दिँदै महिलाको आर्थिक सशक्तीकरणमा जोड दिए ।
त्यस अवसरमा स्थानीय पार्वती बस्नेत, माया भण्डारी, कृष्णबहादुर कुँवर, कृष्णबहादुर कुँवर, केदारनाथ अधिकारी, एकबहादुर कुँवर, अम्बिका कुँवर, कृष्णबहादुर कुँवरले पनि भनाइ राखे । उनीहरुले महिला सक्षम भएमात्रै समाज हरेक क्षेत्रमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै कसैलाई पनि अपहेलना गर्न नहुने स्पष्ट पारे
सभाले अध्यक्ष राधा कुँवर, सचिव राधा अधिकारी तथा कोषाध्यक्ष सावित्रा भुगार्इंद्वारा प्रस्तुत विषयगत प्रतिवेदन छलफलसहित अनुमोदन ग¥यो । त्यस्तै, आगामी वर्षमा महिलाको क्षमता विकास तालिम तथा अध्ययन अवलोकन भ्रमण गर्नेलगायत निर्णय पनि गरेको छ ।
आमा समूह अध्यक्ष राधा कुँवरको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव राधा अधिकारीले संचालन गरिन् ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
लायन्स आदर्श चौतारीको शिविर
गण्डकी थोक औषधी व्यवसायीमा काफ्ले
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
hero news full width
मुख्य समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१