पोखरा । साहित्य, कला र संगीत त्रिवेणी पोखरेली युवा सांस्कृतिक परिवारले गुञ्जन नारी साहित्यिक संस्था, काठमाडौंलाई निम्तो दियो–नारी स्रष्टा विशेष कवि गोष्ठीका लागि ।
जुन संस्थामा थिए हजुरआमा उमेर समूहका अध्यक्ष आख्यानकार जलेश्वरी श्रेष्ठ, वरिष्ठ आख्यानकार पद्मावती सिंह, अर्का वरिष्ठ आख्यानकार भागीरथी श्रेष्ठ र साहित्यकार तथा प्राज्ञ सुलोचना मानन्धर धिताल ।
उमेरले ७० नाघे पनि जोश भने अझै पनि तन्नेरी । दर्शक दीर्घामा श्रोता थिए, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्त, कवि एवम् संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, कवि मन्जुल, डा. सरोज धिताल, रङ्गकर्मी प्रकाश घिमीरे लगायत हलभरि खचाखच दर्शक श्रोता ।
६५ वर्षअघि आफूले घरटोलबाटै विद्रोह गरेरै भए पनि पढ्नुपर्छ भनेर छरछिमेकका दिदीबहिनीहरु बटुलेर पाठशाला गएकै कारण आज ढुक्कसँग बोल्न र आफ्ना सिर्जनाहरु सुनाउन सकेको बताउँदै थिइन्, आख्यानकार जलेश्वरी श्रेष्ठ ।
पुरुषप्रधान समाजमा हुर्केकाले केही त्यस्ता अन्धविश्वासहरु थिए, जुन हजुरआमा र आमाहरु मान्दै आएका थिए । तीमध्ये केहीको पर्खाल भत्काउन सफल भएकोमा खुशी व्यक्त गरिन् । आफूले साहित्य लेख्दा अध्याँरो मुख लगाएर हिंड्नुपर्ने समय थियो तर आज साहित्य लेख्ने दिदीबहिनीको मुख उज्यालो देख्न पाउँदा आफूले पाएको दुख बिर्सेको बताइन् ।
पोखरेली युवा सांस्कृतिक परिवारकी अध्यक्ष रीता अधिकारीले स्वागत मन्तव्यसँगै आफ्नो सिर्जना वाचन गरेर नारी स्रष्टा विशेष कवि गोष्ठीको थालनी गरेकी थिइन् ।
प्राज्ञ हरिदेवी कोइरालाले माछापुच्छ«ेको आँगन फेवातालमा नारी स्रष्टाका सिर्जनाहरु साटासाट गरी सुन्न पाएकोमा खुशी व्यक्त गर्दै निरन्तरताको लागि पहल गर्ने बताइन् ।
नारी स्रष्टा विशेष कवि गोष्ठीमा पोखरा बहिरबाट पद्मावती सिंह, भागिरथी श्रेष्ठ, इल्या भट्टराई, सिर्जना शर्मा, उपमा आचार्य, शान्ति पराजुली, गीता कार्की, कमला सृष्टि शाक्य, सन्ध्या पहारी, सुस्मिता नेपाल, डा. रेणुका सोलु, डा. रजनी ढकाल, सुलोचना मानन्धर, डा. ज्ञानु पाण्डे र पोखराबाट हरिदेवी कोइराला, सरस्वती प्रतीक्षा, सरस्वती श्रेष्ठु ‘सरु’, ईशा शाह, गीता अधिकारी जून, छन्दिका त्रिपाठी, गौरी तमु, लक्ष्मी थापा, शुभ शर्मा, केशु शर्मा, संगीता बराल बिसीलगायतका नारी स्रष्टाले आफ्ना सिर्जना वाचन गरेको पोयुसांपका सचिव एमडी काफ्लेले बताए ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
जरोटुप्पोमा सम जयन्ती र सम्मान
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
कोटीहोम गोलचक्करमा पोखरा
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
hero news full width
मुख्य समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१