जनप्रियमा विएमटिएम स्पोर्टस् मिट

आदर्श समाज सम्वाददाता
पौष २९, २०८१
janapriya

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको स्वायत्त कार्यक्रम स्नातक तह पर्वतीय पर्यटन व्यवस्थापन विएमटिएमको वार्षिक स्पोर्टस् मिट–२०२५ सुरु भएको छ ।

स्पोर्टस् मिट उद्घाटन गर्दै क्याम्पस सञ्चालक समिति अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छेले पर्यटनको राजधानी पोखरामा जनप्रियले नेपालमै पहिलोपटक स्वायत्त कार्यक्रमअन्तर्गत पर्यटन शिक्षा सञ्चालन गरेको दाबी गर्दै खेलकुद र पढाइसँगसँगै लैजादा विद्यार्थीको सर्वाङ्गीण विकास हुने कुरामा जोड दिए ।

क्याम्पस प्रमुख कृष्णबाबु बरालले विद्यार्थीका हरेक समस्यामा क्याम्पसले आवश्यक सहयोग गरी अध्ययनसँगै अतिरिक्त क्रियाकलाप र खेलकुद पूर्वाधारमा थप लगानी गर्ने बताए ।

स्वायत्त कार्यक्रम संयोजक दिव्यालक्ष्मी चालिसेले विएमटिममा ‘लर्न विथ फन’ वातावरण रहेको जनाउँदै कक्षा कोठाभन्दा बाहिर फिल्ड भिजिट, ट्रेकिङ, साहसिक खेलकुदमा विएमटिएमले आफ्ना गतिविधि गरिरहेको जानकारी दिँदै स्पोर्टस् मिटले विद्यार्थीबीच मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने बताइन् ।

स्पोर्टस् मिट उद्घाटनमा पब्लिक क्याम्पस प्राध्यापक संघका अध्यक्ष विकास थापामगर, दिननाथ लामिछाने, शिलु चालिसे, उपेन्द्र चौधरी, रमेश चालिसे, सुजन भट्टराई, उपप्रशासक एकनारायण अर्याललगायतले शुभकामना दिए ।

३ दिनसम्म चल्ने स्पोर्टस् मिटमा फुटसल, बाघचाल, बास्केटबल, भलिबल, व्याटमिन्टन, मार्बल स्पोन, फिफा, बुद्धिचाल, टग अफ वार, सटपुट, टेबुल टेनिस, एटबल पुललगायतका खेल हुने छन् ।

Related News

सम्बन्धित समाचार

  • पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । पोखरामा झण्डै सातादिनदेखि थुप्रिएको फोहोर बिहीबारदेखि उठ्ने भएको छ । त्यसबारे पोखरा महानगरपालिका, वडा कार्यालय ३२ र लामेआहालस्थित…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…

hero news full width