नेपोन गण्डकीमा सत्यराज

आदर्श समाज सम्वाददाता
पौष २९, २०८१
Bhupu sainik

पोखरा । एमालेको जनवर्गीय संगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) गण्डकीको छैटौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले सत्यराज सापकोटा (कास्की) लाई अध्यक्षमा निर्वाचित गरेको छ ।

प्रथम उपाध्यक्ष रुद्रबहादुर केसी (कास्की), द्वितीय उपाध्यक्ष पूर्णबहादुर मल्ल (पर्वत) सचिव प्रवीण रावल (लमजुङ) कोषाध्यक्ष सरिता गुरुङ (गोरखा) लगायत २९ सदस्यीय समिति चयन भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी इन्चार्ज किरण गुरुङले आफूले नेपोनको नेतृत्व गरेको स्मरण गरे । उनले समसामयिक राजनीतिमा सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै जस्तालाई त्यस्तै हुने गरी प्रतिकारमा उत्रन निर्देशन दिए ।

एमाले केन्द्रीय अनुशासन आयोग सदस्य मायानाथ अधिकारीले आफ्नै पालामा गर्नुपर्छ भन्ने धारणासहित अघि बढ्न आग्रह गरे ।

नेपोनका केन्द्रीय अध्यक्ष सहायक रथी विनोद पाण्डेले नेपाली रीतिरिवाज र संस्कृति भत्किने क्रममा भएको बताउँदै पैसा र पावरका लागि आफैंलाई बिर्सिएको उल्लेख गरे । राजनीतिक पार्टीप्रति जनताको वितृष्णा छ भनेर एमालेको पछिल्लो अधिवेशनमा नै बताएको स्मरण गरे । राजनीतिमा निस्वार्थरुपमा सेवा भावले लाग्न उनको सुझाव थियो ।

एमाले गण्डकीका अध्यक्ष नवराज शर्माले पार्टीमा केही जिल्लामा गुटबन्दी फैलिएको भन्दै समयमै निराकरण गर्नुपर्नेमा जोड दिए । संगठन बलियो बनाउन आफ्नो ठाउँबाट अघि बढ्नुपर्ने उनको भनाइ थियो । एमाले गण्डकी सचिव धनञ्जय दवाडीले नयाँ पुस्तालाई राजनीतिक सन्देश दिन नसकेका कारण मुलुकको राजनीतिमा नयाँ छुटेको बताए ।

गण्डकी इन्चार्ज होम गुरुङले सुगौली सन्धिअनुसार भारतीय सेनामा नेपालीको भर्ती गर्ने भनिए पनि भर्ती बन्द गरिदिँदा बेरोजगारी बढेको बताए ।

एमाले कास्की जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले २३ जनवर्गीय संगठनमध्ये नेपोन महत्वपूर्ण भएको भन्दै भूपूबाट निर्वाचित जनप्रतिनिधिको कार्यदक्षता उच्च देखिएको बताए ।

नेपोनका जिल्ला अध्यक्षहरुले भूपूहरुलाई पार्टीले स्थान नदिएको, पार्टीमा गुटबन्दी हुँदा सक्रिय भूपूले पनि अवसर नपाएको, पार्टी सत्तामा पुग्दा नेता सुविधामा र कार्यकर्ता दुविधामा परेको, पार्टीले भूपूलाई प्रयोग गरे पनि समन्वयकारी भूमिका नखेलेको जस्ता गुनासो गरेका थिए । उनीहरुका गुनासाको सम्बोधन नेफोन केन्द्रीय वरिष्ठ उपाध्यक्ष लालकाजी गुरुङले गरेका थिए ।

संस्थाका अध्यक्ष शेरबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रुद्रबहादुर क्षेत्रीले स्वागत गरेका थिए । सभाले अध्यक्ष शेरबहादुर जिसी र सचिव सत्यराज सापकोटाले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ । संस्थाको गण्डकी प्रदेशमा मनाङ र मुस्ताङबाहेक ९ जिल्लामा शाखा बिस्तार छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । पोखरामा झण्डै सातादिनदेखि थुप्रिएको फोहोर बिहीबारदेखि उठ्ने भएको छ । त्यसबारे पोखरा महानगरपालिका, वडा कार्यालय ३२ र लामेआहालस्थित…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…

hero news full width