पोखरा । पोखरा महानगरपालिकाले करार कर्मचारी हटाउन गरेको निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । महानगरको निर्णय कार्यान्वयनमा अदालतले अंकुश लगाएको हो ।
करार कर्मचारी नहटाउन उच्च अदालत पोखराले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । महानगरले १ माघदेखि करार कर्मचारी हटाउने गरी विशेष नगर सभाबाट पारित गरेको थियो । उक्त निर्णयविरुद्ध करार कर्मचारीहरू अदालत पुगेका थिए । अदालतले तत्काल कर्मचारी नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । ‘छलफल सम्पन्न नहुञ्जेल मंसिर २८ गतेको विशेष नगर सभाको निर्णय र सो निर्णयबमोजिम पुस २१ गते जारी गरिएको पत्र हाल कार्यान्वयन नगरी यथास्थितिमा राख्नू भनी विपक्षीहरूका नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ । प्रस्तुत आदेशको जानकारी शीघ्र विपक्षीहरुलाई दिनू,’ आदेशमा भनिएको छ ।
२८ मंसिरको विशेष नगर सभाले करारका कर्मचारीको पुस मसान्तपछि नवीकरण नगर्ने निर्णय गरेको थियो । २६ पुसमा परेको रिटमा आइतबार मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दको इजालसले विशेष नगर सभा र त्यस निर्णयअनुसार २१ पुसमा स्वास्थ्य महाशाखालाई पठाइएको पत्र तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा आगामी ३ माघमा दुवै पक्षलाई छलफलका लागि बोलाइएको अदालतले जनाएको छ । ‘यसमा के कसो भएको हो ? निवेदकहरुको माग अनुसारको आदेश किन जारी हुनु नपर्ने हो,’ आदेशमा भनिएको छ,’ ‘निवेदकहरुको निवेदन मागबमोजिमको आदेश जारी हुनु नपर्ने भए आधार, कारण एवं प्रमाणसहित लिखित जवाफ पेस गर्नु ।’
मेयर धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृतलाई विपक्षी बनाएर लेखबहादुर तामाङ (दर्शन लामा), विष्णुप्रसाद गौतम, हेमराज भण्डारी, टोपराज ढुंगानाले रिट दायर गरेका हुन् । कर्मचारीको वैकल्पिक व्यवस्था नहुँदै करारमुक्त गर्दा स्वास्थ्य संस्था बन्द हुने देखिएको भन्दै उक्त निर्णय रोक्न माग गरिएको थियो । महानगरपालिकाको प्रशासन महाशाखाले स्वास्थ्य महाशाखालाई २१ पुसमा पत्रमार्फत जानकारी गराएको थियो । त्यसमा कार्यालय सहयोगीबाहेक करारका कर्मचारीलाई थप २ महिनाको पारिश्रमिक बराबरको सुविधा दिएर बिदा दिन भनिएको छ । तर विकल्प तयार नहुँदै हटाउन लागेको भन्दै बिचमै रिट परेको थियो ।
सरकारले आगामी २२ माघदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप लगाउने तयारी गरेको छ । १ माघदेखि करार कर्मचारी हटाउने निर्णयले पोखरामा उक्त खोप लगाउने अभियान नै प्रभावित हुने एकथरीको तर्क छ । महानगरपालिकाका ५१ स्वास्थ्य संस्थामा ३ सय ४८ जना कर्मचारीको दरबन्दी छ । हाल २ सयजना कार्यरत् छन् । पुस मसान्तमा करारको म्याद नथपे १ सय ६३ जनामात्र कर्मचारी बाँकी हुन्छन् । दैनिक कामकाज नै प्रभावित हुने महाशाखाका कर्मचारीहरू बताउँछन् । यस्तै, महानगरले अन्य स्थानीय तहबाट आएका काज कर्मचारीलाई काजफिर्ता गर्ने निर्णय पनि गरेको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१