पोखरा । १३ औं पोखरा महोत्सव हेर्न गएको दर्शक आइतबार गायक प्रकाश दूतराजको प्रस्तुतिमा झुमेका छन् ।
युवामाझ निकै लोकप्रिय दूतराजले ‘चोली मैलो भो’ भन्ने बोलको गीतबाट प्रस्तुति सुरु गरेका थिए । उनले ‘बैनी झ्यालैमा’, ‘घर कता हो, बैनीको’, ‘जुन माया’, ‘लाहुर जाने रेलैमा’, ‘रिमै’, ‘रेशम’ लगायत दर्जनभन्दा बढी गीत प्रस्तुत गरेर युवादेखि वृद्धवृद्धासम्मलाई भरपूर मनोरञ्जन दिलाए ।
आइतबार उनका अलावा चोलेन्द्र पौडेल, कृष्ण अखेली, सीता परियार, जीवन सिग्देल, तुलसा क्षत्री, पार्वती गुरुङ पारु, लक्ष्मी बानियाँ, नवराज अधिकारीको प्रस्तुति रहेको थियो ।
हाँस्यब्यङ्ग्यतर्फ दीपक थापाको प्रस्तुति र जादुमा समेत दर्शकले भरपूर मनोरञ्जन लिए । लाइभ कन्सर्टतर्फ चर्चित ¥यापर उर्गेनको प्रस्तुति रहेको कलाकार व्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।
सोमबार कलाकार ज्योति मगर, शंकरविरही गुरुङ, चोलेन्द्र पौडेल, माया गुरुङ, टेक क्षत्री, कृष्ण सुवेदी, तुलसा जिसी, कमला गैरे लगायतको प्रस्तुति रहने आयोजक युनाइटेड क्लबले जनाएको छ । लाइभ कन्सर्टमा डी फिरन्तेले दर्शक उफार्ने जनाइएको छ ।
युनाइटेड क्लब आयोजनामा भएको महोत्सवको चौंथो दिनसम्म आइपुग्दा दर्शक संख्या भीड बढ्दै गएको छ । कारोबारसमेत बढेको अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले बताए ।
महोत्सवमा राखिएका साढे २ भन्दा बढी स्टलमध्ये विभिन्न स्टलमा छुट व्यवस्था रहेको प्रचार संयोजक दिनेश सुनारले बताए ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१