स्याङ्जा । प्याब्सन केन्द्रीय उपाध्यक्ष कृष्ण अधिकारीले राज्यले निजी तथा सरकारी विद्यालयबीच विभेद हटाउनुपर्ने बताएका छन् । शिक्षाका लागि ठूला लगानी तथा मेहनत गरिरहेका निजी विद्यालयलाई राज्यले हेर्ने नजरमा विभेद गर्न नहुनेमा जोड दिए ।
प्याब्सन स्याङ्जाको १५ औं अधिवेशन उद्घाटन गर्दै अधिकारी पैसा कमाउनकै लागि निजी विद्यालय नखोलिएको उनले बताए । उनले भने, ‘शिक्षाका माध्यमबाट शिक्षा, सीप र संस्कारको चेतना दिनु हाम्रा उदेश्य हुन् ।’
सरकारी विद्यालयको विरोध होइन, निजी तथा सरकारी विद्यालयमा पढ्ने हाम्रै छोराछोरी हुन् । ‘राज्यले तोकेबमोजिमका कर र अन्य सेवा सुविधासमेत उपलब्ध गराएका छौं,’ उनले भने । विद्यार्थीका संख्या घटेको छ । तर, राज्यको लगानी बढेको उनले बताए ।
स्याङ्जावासी भएकाले स्याङ्जाका विभिन्न २२ वटा सरकारी विद्यालयलाई इन्टरनेट तथा सोलारसहितको व्यवस्थापन गर्दै कम्प्युटर प्रदान गरे पनि त्यसको पूर्ण सदुपयोग हुन नसकेको उनको भनाइ छ ।
प्याब्सनको भवन निर्माण शिलान्यास गर्दै उपाध्यक्ष अधिकारीले इन्जिनियरिङ खर्चसहित एक लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने बताए । प्याब्सनले अधिवेशनकै दिन पारेर पुतलीबजार नगरपालिका १ मा केन्द्रीय उपाध्यक्ष अधिकारी र अध्यक्ष मेघराज गैह्रेले शिलान्यास गरे ।
पुतलीबजारका उपप्रमुख देवी अर्यालले निजी तथा सरकारी विद्यालयसँगै सहकार्य गर्दै अघि बढेको बताइन् ।
यसैगरी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख विश्वराज आचार्य, कांग्रेसका प्रवक्ता भरतप्रसाद लम्साल, एमाले सहसचिव अमृत श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष विष्णु गिरी, रास्वपाका सभापति विश्वास भण्डारीलगायतले शैक्षिक गुणस्तर वृद्धिका लागि राज्य र सरोकारवालाबीच सहकार्य हुन जरुरी रहेकामा जोड दिए ।
यसैगरी, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, सामुदायिक रेडियो स्याङ्जाका धु्रवबन्धु पौडेल, आदर्श क्याम्पस वालिङका पूर्व प्रमुख धुवप्रसाद पंगेनी, प्याब्सन स्याङ्जाका पूर्वअध्यक्ष हर्कबहादुर कार्की लगायतले शुभकामना मन्तब्य ब्यक्त गरे ।
प्याब्सन स्याङ्जाका अध्यक्ष मेघराज गैह्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष राजेन्द्र गोदारले स्वागत एवं सचिव लेखनाथ रेग्मीले संचालन गरेका थिए ।
सोही कार्यक्रममा प्याब्सनद्वारा आयोजित निबन्ध लेखन प्रतियोगितामा प्रथम भएका अनुस्का केसी (पिसजोन), द्वितीय हुने प्रकाश कोइराला (रोशनी), तृतीय हुने प्राप्ति काफ्ले (पायनियाज) र सान्त्वना हुने प्रशन्न अर्याल (बालोदय) लाई पुरस्कृत गरियो ।
एसइईमा उत्कृष्ट ४ जिपिए ल्याउने पिसजोन वालिङका संगीत भुषाल र चिराग मावि गल्याङका उमेश चापागार्इंलाई सम्मान गरियो । ब्याव्सनका पूर्व केन्द्रीय सदस्य पुष्पराज बराल र स्याङ्जाका पूर्व अध्यक्ष बुद्धिसागर त्रिपाठीलाई पनि सम्मान गरिएको छ ।
यसैगरी, अधिवेशनले राजेन्द्र गोदारको अध्यक्षतामा प्याब्सन समिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा यामप्रसाद डुम्रे (अमृत), उपाध्यक्ष तेजेन राना, सचिव हरिप्रसाद अर्याल, कोषाध्यक्ष मेकराज केसी, सहसचिव सोमुमाया राना, सहकोषाध्यक्ष टेकराज सुवेदी चयन भए ।
सदस्यमा मनोज खड्का, स्मृति काफ्ले, पालिका संयोजकमा धु्रवबन्धु पौडेल, साजन परियार, द्रव्यदेव खनाल, हरिप्रसाद अधिकारी, दुर्गाप्रसाद भट्टराई, गिरीराज वाग्ले (बिमल), रामकृष्ण सुवेदी निर्वाचित भएको प्याब्सनका नवनिर्वाचित सचिव हरिप्रसाद अर्यालले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
शिव शक्तिमा नवआगन्तुक विद्यार्थीको स्वागत, विद्यार्थीलाई रोजगार सुनिश्चित
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
संस्कृत माविको १२४ औं अभिभावक दिवस
हेम्जा आवासीयमा पुरस्कार वितरण
hero news full width
मुख्य समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
माघ २९, २०८१ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१