नगर सभामा राजस्व बक्यौता असुली कार्ययोजना प्रस्तुत

आदर्श समाज सम्वाददाता
पौष २९, २०८१
Nagar Sabha

पोखरा । पोखरा महानगरपालिकाको नगरसभामा राजस्व बक्यौता असुली कार्ययोजना कार्यविधि प्रस्तुत गरिएको छ । महानगरमा करोडौं राजस्व बक्यौताको रुपमा रहेको छ । उक्त बक्यौता असुलीका लागि महानगरले छुट्टै कार्ययोजना तयार गरेको हो ।

नगर सभाको कार्यसूची आइतबार बसेको बैठकमा प्रस्तुत गरिएको छ । विभिन्न ऐन, कार्यविधि संशोधन एवं स्वीकृति गर्ने प्रस्ताव, बजेट तथा कार्यक्रम संशोधन, परिमार्जन र रकमान्तर गर्ने प्रस्ताव छ ।

महानगरले कार्यान्वयन हुन सम्भव नभएका योजनाको रकम रकमान्तर गर्दैछ । यस्तै, शिशुवा अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव, कार्यपालिका बैठकका निर्णय अनुमोदन गर्ने प्रस्ताव पनि छ ।

आइतबारको नगर सभामा कार्यपालिकाबाट पास भई नगर सभामा पेस गर्नुपर्ने कार्यविधि तथा आर्थिक ऐन, २०८१ मा गर्नुपर्ने संशोधनलगायत विषयहरू, सार्वजनिक लेखा समितिको प्रतिवेदन, शिशुवा अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन पेस भएको छ । सबै एजेण्डाहरु अध्ययन भइसकेपछि छलफल गर्ने गरी नगर सभाको अर्को बैठक आगामी ७ माघमा बस्ने मेयर धनराज आचार्यले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width