स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस

आदर्श समाज सम्वाददाता
पौष २८, २०८१
Syangjali Samparka Sadan

पोखरा । स्याङ्जाली सम्पर्क सदन,पोखराले ३० औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाइएको छ । संस्थाको कार्यालय परिसरमा संस्थाका कार्यवाहक अध्यक्ष धर्मराज अर्यालको अध्यक्षतामा बृहत् सरसफाइ, दीप प्रज्ज्वलन, शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरी दिवस मनाइएको हो ।

आजीवन सदस्य प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले सदनले गरेको गतिविधि समग्र जिल्लावासीको हितका लागि रहेको बताए ।

सदनका पूर्व अध्यक्ष एवं सल्लाहकार प्रेमप्रकाश गौतमले लुकेका प्रतिभा तथा स्याङ्जाका पर्यटन, धार्मिक तथा पुरानो इतिहासलाई समेटेर सदनले कार्य गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा भिरकोट पोखरा सामीप्य सदनका अध्यक्ष श्यामप्रसाद रेग्मी, सल्लाहकार प्रनाउ जगतबन्धु पोखरेल, शीतल चौतारी आमा समूहकी अध्यक्ष मीना पोखरेल, शीतल चौतारी टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद पोखरेल, काला भैरव पुरातात्विक मन्दिर व्यवस्थापन समिति अध्यक्ष नरकाजी गुरुङलगायतले शुभकामना व्यक्त गरे ।

सदनको भवन व्यवस्थित बनाई भुइँतलामा कुलानन्द शर्माको संयोजकत्वमा सार्वजनिक पुस्तकालय, ज्येष्ठ नागरिक सेवा सञ्चालनमा ल्याइएको छ ।

कार्यक्रममा स्वागत उपाध्यक्ष गोविन्द काफ्ले र सञ्चालन महासचिव शिवबहादुर थापाले गरेका थिए ।

सदनले सेवा विस्तार गरी आवश्यकताअनुरुप विभिन्न विधाको अक्षयकोषबाट थप सुविधासम्पन्न गराउने तथा स्याङ्जाको उत्पादन÷प्रशोधन÷बजारीकरणमा सहजीकरण गर्ने भएको छ ।

मानव सेवाका पक्षमा रहेर सदनले बेवारिसे मृत्यु भएकाहरुको दाहसंस्कार, असहाय बिरामलाई सहयोग, रक्तदान, मुस्ताङचोकमा प्रतीक्षालय निर्माण, फिल्म च्यारिटी शो, गण्डकी हस्पिटलमा बिरामी कुरुवा खाट र पानिको फिल्टर वितरण, स्वास्थ्य शिविर, पारिवारिक वनभोज, नयाँ वर्षको शुभकामना कार्यक्रम गर्दै आएको छ ।

यस्तै, तीज विशेष कार्यक्रम, दशैँ, तिहार ल्योसारलगायत पर्वको शुभकामना, सदनका आजीवन सदस्यहरुको दुःखमा भेटी तथा भेटघाटजस्ता कार्य गर्दै २५ औं वर्षको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम, रजत महोत्सव एवम् चिठ्ठा वितरण गरी अर्थ संकलन गरी पूर्व अध्यक्षहरुको पहलमा सदको छोरेपाटन शीतलचौतारी सामुदायिक भवन परिसरमा सुविधासम्पन्न भवन निर्माण गरेको कार्यवाहक अध्यक्ष धर्मराज अर्यालले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width