राहत शिक्षक अन्नपूर्णमा शिवप्रसाद

आदर्श समाज सम्वाददाता
पौष २८, २०८१
rahat

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेपाल राहत शिक्षक समितिको दोस्रो अधिवेशनले शिवप्रसाद त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनले शिवप्रसाद पौडेललाई उपाध्यक्ष, गोविन्द भण्डारीलाई सचिव, जानुकादेवी शर्मा पौडेललाई सहसचिव, सुनिता पौडेल तिमिल्सिनालाई कोषाध्यक्ष एवम् डिलबहादुर थापा मगरलाई सहकोषाध्यक्षको जिम्मेवारी दिएको छ ।
सदस्यमा टीकाराम भट्टराई, मीना अधिकारी, राजेन्द्र अधिकारी र रामबहादुर खत्री छन् ।

नेपाल राहत शिक्षक समितिका केन्द्रीय सहअध्यक्ष विष्णुप्रसाद दाहालले राज्यले राहत शिक्षकको अपनत्व लिनुपर्ने भन्दै शैक्षिक विकासमा राहत शिक्षकको भूमिका महत्वपूर्ण रहेको औंल्याए । उनले कुनै पनि राहत शिक्षक पेशाबाट विस्थापित नहुने गरी नेपाल सरकारसँग सहमति भएको स्मरण पनि गरे ।

राहत शिक्षकसँग २०८० असोज १२ गते महासंघको रोहवरमा नेपाल सरकार बिच भएका सहमतिको अक्षरस पालना हुनुपर्ने उनको भनाइ छ ।

केन्द्रीय सदस्य चन्द्रमोहन सुवेदीले राहत शिक्षकको सिर्जना राज्यको आवश्यकताले भएको भन्दै ति शिक्षकको व्यवस्थापकीय जिम्मेवारी पनि राज्यले लिनुपर्ने तर्क गरे ।

त्यस अवसरमा जिल्ला सहसचिव सन्तोषी कुँवर, सहकोषाध्यक्ष इन्दिरा काफ्ले, महेन्द्र आधारभूतका प्रअ ढकराज सुवेदी, समाजसेवी नवराज श्रेष्ठ लगायतले पनि भनाइ राखे ।
कास्की जिल्ला राहत शिक्षक समिति अध्यक्ष राजेन्द्र गिरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला सहसचिव सन्तोषी कुँवरले स्वागत तथा जिल्ला सचिव सूर्य नेपालीले कार्यक्रम संचालन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width