पोखरा । पोखरा इन्जिनियरिङ कलेज (पेक) फिर्केमा स्वतन्त्र विद्यार्थी परिषदले नयाँ विद्यार्थीलाई स्वागत गरेको छ ।
एक कार्यक्रम आयोजना गरी बिइ–सिभिल, बिइ–कम्प्युटर, बिइ–आईटी र बि–आर्किटेक्चरका पहिलो सेमेस्टरमा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको हो ।
कार्यक्रममा कलेजका प्रिन्सिपल इ.सोम गुरुङले कलेजले ज्ञान, अनुभव र नेतृत्व विकासका लागि पर्याप्त अवसर उपलब्ध गराउने भन्दै विद्यार्थीलाई सहकार्य, मेहनत र इच्छाशक्तिका साथ भविष्य निर्माण गर्न प्रेरित गरिने बताए ।
कलेजका निर्देशक अम्बर गुरुङले इन्जिनियरिङ सिर्जनशीलता र समस्या समाधानको कला भएको बताउँदै विद्यार्थीले समाज र राष्ट्रलाई सकारात्मक परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
क्याम्पस प्रशासन प्रमुख चिजकाजी गुरुङले राजनीति र अध्ययनको सन्तुलनमा ध्यान दिन आग्रह गर्दै पढाइमा असर गर्ने क्रियाकलापले विद्यार्थी र संस्थालाई नोक्सान पु¥याउने बताए । पूर्व विद्यार्थी तथा पोखरा विश्वविद्यालयका सहायक प्राडा उदयराज ढुंगानाले शैक्षिक प्रमाणपत्र मात्र होइन, अनुशासन र नैतिकता पनि जीवनमा सफल हुन महत्त्वपूर्ण रहेको धारणा राखे । उनले स्व. इ. लेखबहादुर गुरुङको योगदानको स्मरण गर्दै इन्जिनियरिङ शिक्षा जागिर गर्नका लागि मात्र नभई जागिर दिने क्षमता विकासका लागि आवश्यक रहेको बताए ।
कार्यक्रमका वक्ताले विद्यार्थीलाई प्रेरणादायक सन्देशका साथ स्वागत गरेका थिए । स्वतन्त्र विद्यार्थी परिषदका कार्यवाहक सभापति गौरव गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मिलान डुम्रेले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१