एन प्याब्सन स्थापना दिवस, १४५ शिक्षक–कर्मचारी सम्मानित

आदर्श समाज सम्वाददाता
पौष २८, २०८१
npabsan

पोखरा । नेशनल प्याब्सन कास्कीले २६ औं स्थापना दिवस अवसरमा १ सय ४५ शिक्षक तथा कर्मचारीलाई सामूहिक सम्मान गरिएको छ ।

शनिबार आयोजित समारोहमा संस्थामा आवद्धमध्ये ३३ विद्यालयका १ सय ४५ जना शिक्षक, कर्मचारीलाई सम्मान तथा विविध कार्यक्रम गरिएको हो । १५ वर्षसम्म निरन्तर काम गरेका शिक्षक, कर्मचारीलाई ‘दीर्घसेवा पदक’ बाट सम्मान गरिएको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको रुपमा खेलकुद क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै भूतपूर्व खेलाडी मञ्च कास्कीका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटलाई नेशनल प्याब्सन कास्की खेलकुद सेवा सम्मान–२०८१ द्वारा नगद २५ हजार र सम्मानपत्रसहित सम्मान गरियो ।

यस्तै, एन प्याब्सन कास्कीका पूर्व परीक्षा संयोजक सञ्जय पौडेललाई सम्मानपत्र र दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

२०६१/०६२ सालतिर स्थापित एन–प्याब्सनमा आवद्ध विद्यालयलाई ‘विद्यालय सम्मान’ दिइयो । सम्मानित हुनेमा गण्डकी एकेडेमी कास्की, ओयसिस सेकेण्डरी स्कुल, बड्स एकेडेमी, बागमारा एकेडेमी र न्यू लेखनाथ पब्लिक एकेडेमी छन्।

२०८० सालको एसइईमा शत्प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा अल्फा एकेडेमी, बाल प्रतिभा बोर्डिङ, हिलसाइड इङ्लिस सेकेण्डरी, होली माउण्ट, कान्तिपुर एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी, लेखनाथ मोमोरियल, मर्निङ ग्लोरी एकेडेमिक, पुष्पसदन एकेडेमी र पायोनियर छन् ।

यसैगरी, गत वर्ष कक्षा १२ को एन प्याब्सनमा आवद्ध विद्यालयबाट उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने छात्रतर्फ न्यू ग्यालेक्सी माविका अभिनीत प्रधान र छात्रातर्फ कास्की मोडर्नाइज्ड एकेडेमीकी आकृति पन्तलाई सम्मान गरिएको थियो ।

एन प्याब्सनमा आवद्ध विद्यालयबाट एसइईमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने छात्रतर्फ कास्की मोर्डनाइज्ड एकेडेमीका गौरव सापकोटा तथा छात्रातर्फ कास्की मोडर्नाइज्ड एकेडेमीकी अलिसा श्रेष्ठ र बड्स एकेडेमीकी विमला पौडेललाई सम्मान गरिएको थियो । उनीहरुलाई नगद १० हजार सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरिएको हो ।

संस्थाले स्थापना दिवस अवसरमा प्रकाशन गरेको स्मारिकासमेत विमोचन भयो ।

प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संस्थागत विद्यालयका समस्या समाधान गर्नका लागि महानगर सधैँ सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक गोविन्दराज पोखरेल, शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य, पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य, नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष याम खड्का, सम्मानित व्यत्तित्व भूतपूव खेलाडी मञ्च कास्की अध्यक्ष खड्गबहादुर रानाभाट, नेशनल प्याब्सन गण्डकी प्रदेश अध्यक्ष रामबहादुर मोची, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकीका अध्यक्ष कृष्णप्रसाद पोख्रेल, सम्मानिततर्फबाट लिटल फ्लावर एजुकेशनल सेकेण्डरीका कक्षा ११–१२ संयोजक विष्णुहरि पौडेलले बोलेका थिए ।

नेशनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले सञ्चालन गरेका थिए । संस्थामा हाल ४९ विद्यालय आवद्ध छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width