पोखरा । फूलबारी मन्टेसरी कटेज, पोखरा–३, नदीपुरले रजतजयन्ती तथा १३ औं अभिभावक दिवस मनाएको छ ।
शनिबार पोखरा सभागृहमा आयोजित समारोहको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले उद्घाटन गरेका थिए । साथै रजतजयन्ती स्मारिकासमेत लोकार्पण गरियो ।
प्रमुख अतिथि मन्त्री थापाले गुणस्तरीय शिक्षाबाट नै बालबालिका तथा देशको भविष्य उज्वल हुने बताउँदै फूलबारी मन्टेसरीले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे ।
गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले बाबुनानीहरुको प्रस्तुत राम्रो लागेर लामो समय कार्यक्रममा बसेको बताउँदै ‘जंगलको आवाज’ मा उनीहरुले राम्रो सन्देश दिएको भन्दै प्रशंसा गरे । उनले भने, ‘यीनै बालबालिका भोलिका देशका कर्णधार बन्छन् ।’
शिक्षासेवी विकल शेरचनले साना बालबालिकालाई पढाउनु गाह्रो काम भएको उल्लेख गर्दै फूलबारी मन्टेसरीले आगामी दिनमा पनि आफ्नो गुणस्तर कायम गर्दै जाने विश्वास व्यक्त गरे ।
कार्यक्रममा गण्डकी प्रदेश लोक सेवा आयोगका सदस्य योगेन्द्र गौचन, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारी, प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, शिक्षासेवी विकल शेरचन, पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत जीवनप्रसाद रेग्मी, मन्टेसरी एसोसिएसन कास्कीका अध्यक्ष भवानी बराल, गण्डकी बोर्डिङ स्कुलका प्रिन्सिपल डा. विश्वयूधीर घर्ती, पूर्व जिल्ला शिक्षा अधिकारी नगेन्द्रराज पौडेल, अभिभावक डा. लक्ष्मण बास्तोला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सिल्भर अवार्ड जूना पुन, वेस्ट स्टाफ अवार्ड कृतिना श्रेष्ठ र वेस्ट टिचर अवार्ड सुनिता बास्तोलाले प्राप्त गरे । १० वर्षभन्दा बढी सेवा गरेका शिक्षक तथा कर्मचारीलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेमा ईश्वरीदेवी पौडेल, ज्योति गुरुङ, भरतबहादुर मल्ल, शेरबहादुर गुरुङ, नीरु आचार्य र विष्णुमाया तामाङ छन् ।
संचारकर्मी सफल सुवेदी र शिक्षक सुनिता बास्तोलाले संयुक्तरुपमा संचालन गरेको कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुति राखेका थिए ।
विद्यालयका संस्थापक अध्यक्ष इ.जीवनकुमार शेरचनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संस्थापक प्रिन्सिपल अरुना शेरचनले स्वागत गर्दै विद्यालयको गतिविधिबारे प्रकाश पारेकी थिइन् ।
पोखरा–३, नदीपुरस्थित विद्यालयले प्ले ग्रुपदेखि कक्षा ३ सम्म अध्ययन अध्यापन गराउँदै आएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१