२४ औं आहारारा पोखरा गोल्डकपको सहप्रायोजक जयश्री फुड्स प्रालि

आदर्श समाज सम्वाददाता
पौष २७, २०८१
0ea74989-21fb-46f6-997c-a94e4bc06bc6

पोखरा । सहारा क्लब पोखराको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्डकप–२०८१ मा चितवनको जयश्री फुड्स प्रालि सहप्रायोजकरुपमा जोडिएको छ ।

सो सम्बन्धमा क्लब अध्यक्ष केशवराज बराल र कम्पनीका तर्फबाट जनरल म्यानेजर अमीत अग्रवालबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।

चितवनको जयश्री फुड्स प्रालिको उत्पादन बास्मती प्रिमियम राइसले सहप्रायोजकवापत ५ लाख रुपैयाँ प्रदान गर्नेछ ।

सो अवसरमा अग्रवालले सहारा क्लब पोखराद्वारा संचालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीको सहयोगार्थ संचालित फुटबल प्रतियोगितामा सहकार्य गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरे । उनले आगामी संस्करणमा पनि एकेडेमीका बालकहरुको निम्ति यस्तै सहयोगको निरन्तरता दिने वचन दिए ।

क्लबले आगामी माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा आयोजना गर्ने प्रतियोगिताको तयारी तीव्र पारेको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ हो ।

१२ टिमले भाग लिने प्रतियोगितामा हालसम्म १० टिमको छिनोफानो भएको छ ।

जसमा त्रिभुवन आर्मी क्लब, थ्रि स्टार, मछिन्द्र, नेपाल पुलिस क्लब, एपिएफ, संकटा, चर्च ब्वाइज युनाइटेड, एनआरटी, ब्रिगेड ब्याइज फुटबल क्लब युके र आयोजक सहारा क्लब पोखरा अनुबन्ध भएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width