पोखरा । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था पोखरा–१३ को २६ औं वार्षिक साधारण सभा नवौं अधिवेशनबाट संचालक समिति अध्यक्षमा माधवप्रसाद सिग्देल सर्वसम्मत् निर्वाचित भएका छन् ।
उपाध्यक्षमा शान्तकुमार श्रेष्ठ, सचिवमा सुरेन्द्रप्रसाद सिग्देल, कोषाध्यक्षमा जयप्रसाद सापकोटा र सहसचिवमा केदारराज सिग्देल चयन भए । सदस्यमा बजिरमान श्रेष्ठ, शारदा पराजुली, खड्कबहादुर गुरुङ र अम्बिका गुरुङ छन् ।
यसैगरी, लेखा सुपरीवेक्षण समितिमा ज्ञानेन्द्रप्रसाद सिग्देल संयोजकमा चयन भएका छन् भने सदस्यमा इन्द्रप्रसाद भट्टराई र लक्ष्मी गुरुङ रहेको निर्वाचन समिति संयोजक दयाराम गौतमले जानकारी दिए ।
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार भेषराज रिजालले नियम र कानूनको पालना गरे कुनै पनि सहकारी कमजोर नहुने धारणा व्यक्त गरे ।
सहकारीका अध्यक्ष तीर्थबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका मानार्थ संरक्षक शरदकान्त सिग्देलले स्थानीयस्तरमा हुने सहकार्य र एकतामा जोड दिँदै २५ वर्ष लामो इतिहासलाई जोगाउन सक्नुपर्ने बताए ।
सभाका रजत स्मारिका विमोचनसमेत भएको थियो । कार्यक्रममा उत्कृष्ट सेयर सदस्य तारामती गुरुङ र विमला गुरुङलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा उपाध्यक्ष माधवप्रसाद सिग्देलको स्वागत मन्तव्य र सचिव शान्तकुमार श्रेष्ठले संचालन गरे ।
वर्ष उत्कृष्ट तथा १५ वर्ष बढी निरन्तर सेवा गरेका कर्मचारीमा सुपरभाइजर रुपा गुरुङ र वरिष्ठ सहायक मनबहादुर गुरुङलाई खादा, माला, प्रमाणपत्र र मायाको चिनोले पुरस्कृत गरिएको महाप्रबन्धक सुजता हमालले जानकारी दिइन् ।
सभामा तीर्थबहादुर बस्नेतले अध्यक्षको, शान्तकुमार श्रेष्ठले सचिवको, जयप्रसाद सापकोटाले कोषाध्यक्षको र ज्ञानेन्द्रप्रसाद सिग्देलले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारीको सात सिद्धान्त शारदा पराजुलीले वाचन गरेकी थिइन् भने सेयर सदस्यका तर्फबाट किरण केसी र सत्यदेवी खनालले बोलेका थिए ।
सहकारीमा मंसिर मसान्तसम्म १८ करोड ९४ लाख १७ हजार ७ सय रुपैयाँ कुल सेयर पुँजी रहेको जनाइएको छ । तरलता ३१ प्रतिशत रहेको सहकारीका महाप्रबन्धक सुजता हमालले जानकारी दिइन् । शेयर सदस्य ३ हजार ७ सय ९८ जना छन् ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१