पोखरा, २७ पुस । नवआदर्श सामुदायिक विकास समाज, पोखराको अध्यक्षमा दिनेश भण्डारी निर्वाचित भएका छन् ।
संस्थाको शनिबार २८ औं साधारणसभा तथा १५ औं अधिवेशनले भण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको हो ।
कार्यसमिति प्रथम उपाध्यक्षमा अर्जुन भण्डारी, द्वितीय उपाध्यक्षमा हरिबहादुर थापा, सचिवमा शोभा बानियाँ, कोषाध्यक्ष विष्णुमाया बानियाँ, सहसचिव राजकुमार पौडेल र सहकोषाध्यक्ष निर्मल पौडेल छन् ।
सदस्यमा निराजन बस्नेत, प्रकाश थापा, गीता भण्डारी र लक्ष्मी छन्त्याल चयन भए । रिक्त ४ सदस्यीय कार्यसमितिको बैठकले मनोनीत गर्ने नवनिर्वाचित अध्यक्ष भण्डारीले जानकारी दिए ।
विष्णुप्रसाद शर्मा निर्वाचन अधिकृत रहेको निर्वाचन समिति सदस्यमा होमबहादुर बानियाँ र रामचन्द्र आचार्य सदस्य थिए । कार्यकाल २ वर्षको हुनेछ ।
अधिवेशन उद्घाटन गर्दै पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले नवआदर्श सामुदायिक विकास समाजले सामाजिक क्षेत्रमा गरेको योगदान उदाहरणीय रहेको बताए । यस्तै, पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, संस्थाका मानार्थ सदस्य बाबुराम आचार्य, पूर्व अध्यक्ष रेश्मा अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा तीज महोत्सव संरक्षण कोषका दातालाई सम्मान गरिएको संयोजक नवीन भण्डारीले बताए ।
संस्थाका अध्यक्ष स्वागतमान सिंह भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष दिनेश भण्डारी र संचालन सचिव हरिबहादुर थापाले गरेका थिए ।
पोखरा लामाचौरस्थित नवआदर्श सामुदायिकले बर्सेनि तीज महोत्सवलगायत विविध कार्यक्रम गर्दै आएको छ । संस्थाले एम्बुलेन्स, शवबाहनसमेत संचालन गरेको छ । गोस्तेघाट खेल मैदान बनाएको संस्थाले खेलकुद, शिक्षा, स्वास्थ्य, लोक तथा कलासंस्कृतिको जगेर्नालगायतमा कार्य गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१