पोखरा । सहारा क्लब पोखरा २४ औं आहारारा पोखरा गोल्डकपको तयारीमा रहँदा व्यवसायी अमीत अग्रवालले सहारा एकेडेमीको अवलोकन गरेका छन् ।
चितवनस्थित जय श्री फुड्स प्रालिका जनरल म्यानेजर अग्रवालले दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीको अवलोकन र एकेडेमीका बालकहरुसँग भेटघाट गरेका हुन् ।
उनले सहाराको पवित्र कार्यको प्रशंसा गर्दै आगामी दिनमा कम्पनीको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनलाई सहारा एकेडेमीमा क्लब अध्यक्ष केशवबहादुर थापा, पूर्व अध्यक्ष वीरभद्र आचार्य, केशवबहादुर थापा, प्रतियोगिताको अर्थ संकलन उपसमिति संयोजक एवं सहारा क्लबका सल्लाहकार सुनिल गुरुङलगायतले पुष्पगुच्छा प्रदान गरी स्वागत सम्मान गरेका थिए ।
सो अवसरमा क्लबका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङ, बिनु राना मगर, पूर्व कोषाध्यक्ष राजु लालचन, कार्य समिति सदस्य अमर राजभण्डारी, रोजिना गुरुङ र अग्रज फोटो पत्रकार सुदर्शन रन्जितलगायत उपस्थित थिए ।
क्लबले आगामी माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा आरारा गोल्डकप संचालन गर्दैछ । प्रतियोगिताको बचत रकम क्लबले सहारा एकेडेमीमा खर्चिंदै आएको छ ।
सहारा एकेडेमीमा हाल चौथो ब्याजको रुपमा आश्रित कठिन परिस्थिति र विपन्न वर्गका ३० जना बालकहरु रहेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जनाए ।
Related News
सम्बन्धित समाचार
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१