पोखरा । गण्डकी प्रज्ञा–प्रतिष्ठानले पोखरा सांगीतिक कलाकार संघको सहकार्यमा शनिबार मौलिक लोकभाकाको प्रस्तुति ‘गण्डकीका धुनहरू (अर्केष्ट्रा)’ संचालन गर्दैछ ।
बिहीबार पत्रकार सम्मेलनमा कुलपति सूर्य खड्का ‘बिखर्ची’ले काठमाडौँ र गण्डकीका वाद्यवादकहरू सम्मिलित सो कार्यक्रम ऐतिहासिक हुने बताए ।
उनका अनुसार नेपाली मौलिक बाजाहरूबाट निस्कने धुनको शक्ति प्रत्यक्ष अनुभूत गर्न पाइनेछ ।
राष्ट्रिय एकता दिवसको सन्दर्भमा २७ पुसमा भानु हलमा ४० कलाकारको सामूहिक प्रस्तुति रहने गरी कार्यक्रम गर्न लागिएको प्रतिष्ठान सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए । धुनहरूमार्फत कीर्तिशेष स्रष्टाप्रति सम्मान व्यक्त गर्दै नयाँ पुस्तालाई मौलिक बाजाप्रति आकर्षित गराउने र साक्षात्कार गराउने उद्देश्य रहेको उनको भनाइ छ ।
कार्यक्रमका संगीत संयोजक तथा निर्देशक प्राज्ञ अशोक राईले पोखरामा अर्केष्ट्राको पहिलो स्वरुप प्रदर्शन गर्न लागिएको बताए । यो नेपाली संगीत विश्वस्तरमा परिचित गराउने प्रारम्भिक चरणको काम भएको बताए । पोखरामा यहाँका अग्रज स्रष्टाका सिर्जनालाई पहिलो प्राथमिकता दिएर प्रस्तुती राख्न लागिएको खुलाए । यसका अलावा सातै प्रदेशको प्रतिनिधिमूलक धुनहरू प्रस्तुत गरिनेछ । परम्परागत रुपमा रहेका सुर र ताल बाजालाई संयोजन गरिने छ । १८ प्रस्तुति ५८ मिनेटमा गरिने संयोजक राईले बताए ।
पूर्वदेखि पश्चिमसम्मका कलाकारले भाका र संस्कृति जान्ने मौका यो कार्यक्रमले दिने उनको विश्वास छ । लोपोन्मुख भाकालाई माथि ल्याएर विश्वस्तरमा पु¥याउन पूर्ण अर्केष्ट्राको रूप दिन राज्यले सहयोग गरे विश्वस्तरमा पु¥याउन सकिने उनले सुनाए ।
प्रतिष्ठानले आगामी १९–२६ माघसम्म पर्यटकका लागि संस्कृतिको प्रवद्र्धन गर्ने हेतुले लोपोन्मुख नाचहरूको प्रदर्शनसमेत गर्ने जनाएको छ । २६ माघमा व्याक टु–९० (कन्सर्ट) हुनेछ ।
५–९ फागुनसम्म प्रादेशिक ललितकला प्रदर्शनीसमेत हुने तयारी छ । आगामी १४ वैशाखमा प्रतिष्ठानको स्थापना दिवसमा विधागत पुरस्कार वितरण गरी प्रतिष्ठानको ४ वर्षे कार्यकालको डकुमेन्ट्री प्रस्तुत गरेर कार्यकाल पूरा गर्ने लक्ष्य राखेको छ ।
प्रतिष्ठान उपकुलपति गोरे गुरुङले सबै कार्यक्रमलाई सुन्दर बनाउन मेहनत गरिरहेको बताए । उनले यतिबेला गण्डकी प्रदेशका नृत्य तथा गीतसंगीतहरु अनुसन्धानका लागि काम भइरहेको जनाए ।
पोखरा सांगीतिक कलाकार संघ नेपालका अध्यक्ष हर्कराज गुरुङ भाइले गण्डकीका धुनहरू तथा व्याक टु–९० पोखराको पप ब्याण्ड कमब्याक गराउन भूमिका खेल्ने बताए ।
Related News
सम्बन्धित समाचार
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१