पोखरा । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत ७ जना प्रतिवादीलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
बिहीबार लामिछानेसहितका प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश दिएसँगै करिब ८४ दिन लामो हिरासत बसाइँपछि लामिछाने थुनामुक्त भएका छन् । उनलाई परिवारको जिम्मा लगाइएको छ ।
बिहीबार न्यायाधीश नीतिज राईको इजलासले प्रतिवादीहरुमध्ये लामिछानेसँग ६५ लाख, पूर्व डिआईजी छविलाल जोशीसँग ८८ लाख, लीला पछाईसँग ३७ लाख, रामबहादुर खनालसँग १५ लाख, आरती गुरूङसँग ५ लाख, मीना गुरूङसँग ५ लाख र कृष्णबहादुर गुरूङसँग १ लाख रुपैयाँ धरौटी माग गर्दै रिहा गर्ने आदेश गरेको हो ।
स्रेस्तेदार राजन खनालले भने, ‘यो थुनछेक आदेश मात्र हो । मुद्दा टुंगिएको होइन । अदालतले अब मुद्दा अघि बढाउँदा प्रमाण बुझ्ने तथा साक्षीहरूको बकपत्रलगायत काम गर्नेछ । आदेशमा चित्त नबुझे सरकारी पक्षलाई पुनः पुनरावेदन गर्न पाउने हकदैया हुने कानूनी व्यवस्था छ ।’
७ प्रतिवादीमध्ये लीला पछाईको हकमा माग गरिएको ३७ लाख धरौटी बुझाउन बाँकी छ । उनी थुनामुक्त भइसकेकी छैनन् । अरुले धरौटी बुझाएपछि रिहा भइसकेका छन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतका मुद्दामा ६३ जनालाई प्रतिवादी बनाएर कास्की अदालतमा अभियोगपत्र दायर भएको थियो ।
Related News
सम्बन्धित समाचार
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१