प्याब्सन कास्कीको ३५ औं स्थापना दिवस: शिक्षक, कर्मचारी, विद्यार्थी र स्कुल एकै थलोमा सम्मानित

आदर्श समाज सम्वाददाता
पौष २५, २०८१
d05ee0be-79fe-4721-9f6a-fbab86544366

मन्त्री भण्डारीले एसइईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गर्दै । तस्बिरः विजय नेपाल

पोखरा। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कास्कीको ३५ औं स्थापना दिवस अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

बुधबार पोखरामा आयोजित समारोहमा प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले प्याब्सन विद्यालयमा निरन्तर २० वर्षदेखि सेवारत् शिक्षक–कर्मचारी, २५ वर्ष पूरा गरेका विद्यालय, कक्षा १० र १२ को बोर्ड परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गरेका हुन् ।

शिक्षक–कर्मचारी सम्मानतर्फ मदरल्याण्ड मावि, मासबारका ६ जना शिक्षक/कर्मचारीमा वृहस्पति विक (कर्मचारी/सुरक्षा गार्ड), शिक्षकहरु चन्दना थापा, कल्पना अर्याल, इन्द्रकुमारी गुरुङ, सविता थापा र स्वास्थ्य सहायक अप्सरा कार्की हुन् ।

तारापुञ्ज एजुकेशन एकेडेमी, बगरकी शिक्षक अम्बिका भण्डारी, कार्यालय सहयोगी रश्मी खाँड खवास र हेमा गाहा मगर छन् ।

नीलगिरी इङ्लिस बोर्डिङ, न्यूरोडका सवारीचालक अशोककुमार शेरचन, प्रगति मावि, पोखरा–१६ की शिक्षक राधा पराजुली, कर्मचारी लक्ष्मण बस्नेत र मीना कार्की, एक्स आर्मी पब्लिक विद्यालय, बिरौटाका शिक्षक वेदराज ढकाललाई पनि सम्मान गरियो ।

पोखरा–१६ स्थित रिभर डेलका चालक भक्तबहादुर तमाङ, कार्यालय सहयोगी धना थापा र शिरशोभा परियार, गोल्डेन नेचर पोखरा–३३ का शिक्षक प्रेमबहादुर बुढाथोकी, न्याश्नल इनभेन्टिभ आवासीय मावि, बैदामका शिक्षक इन्द्रराज शाक्य, विष्णु श्रेष्ठ, सुरेन्द्रमोहन अधिकारी पनि सम्मानित भए ।

यसैगरी, शीतल ज्योति एकेडेमी, काजीपोखरीकी शिक्षक कमला सिङ्घतन, अमरज्योति मावि, सिमलचौरकी शिक्षक मनकुमारी थापा, न्यू मिलिनियम एकेडेमी, बिरौटाका शिक्षक वर्षा थापा, राजकुमार रानाभाट र नवीता गौतम सम्मानित भए । पोखरा रामबजारस्थित विभूति शिक्षा सदनकी शिक्षक इन्दु अधिकारीलाई पनि दीर्घसेवाबाट सम्मान गरियो ।

स्थापनाको रजत जयन्ती (२५ वर्षको शैक्षिक सत्र) मनाएका विद्यालयहरुमध्ये न्याश्नल इन्भेन्टिभ मावि, एक्स आर्मी, शीतल ज्योति र विभूति शिक्षा सदनलाई कदरपत्र प्रदान गरिएको थियो ।

गत वर्ष–२०८० को एसइईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गरियो । तीमध्ये १० जना मासबारस्थित मदरल्याण्ड माध्यमिक विद्यालयका छात्रछात्रा हुन् । उनीहरुमा आशीष बस्ताकोटी, अविश वाग्ले, अपेक्षा ढुंगाना, इक्युटी पौडेल, कनक अधिकारी, कृपा बराल, कृपा गुरुङ, रेडियस पोखरेल, समीक्षा पहारी र युनिका ढकाल छन् ।

यस्तै, एसइईमा ४ जिपिए ल्याउने सृजना माविका आयुष खड्का, न्याश्नल इन्भेन्टिभका विशाल खत्री, डिज्नील्याण्ड एकेडेमिकका सृष्टिना पौडेल, स्मृति लम्साल र सृष्टि भण्डारी, बालोदय माविकी सभ्यता लामिछाने र शान्ति निकेतनकी अदिती पराजुली हुन् ।

कक्षा १२ को परीक्षामा विज्ञान संकायबाट नेपाल टप गर्न सफल मदरल्याण्डकी प्रशंसा बराल (३.९६ जिपिए) सहित मदरल्याण्डकै व्यवस्थापन संकायकी प्रशंसा बराल (३.९५ जिपिए) र कुमुदिनी होम्सका आदित्य आचार्य (३.८२ जिपिए) पनि सम्मानित भए ।

अतिरिक्त क्रियाकलापमा संयोजकको भूमिकामा रहेका संयोजकहरु तथा विभिन्न पब्लिकेशनका प्रबन्धक तथा प्रतिनिधिलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

समारोहमा मन्त्री भण्डारीले मुलुकको शिक्षाको विकासमा प्याब्सनको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, ‘मुलुकको परिवर्तनका लागि जिम्मेवारी तपाईं हाम्रो काँधमा छ ।’ साथै उनले नयाँ शिक्षा ऐनसँगै शिक्षामा आमूल परिवर्तन हुने अपेक्षा गरे ।

कार्यक्रममा नेपाली काँग्रेस कास्की सभापति किशोरदत्त बराल, नेकपा (एमाले) कास्की अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्री, शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक अम्बिकाप्रसाद आचार्यलगायतले बाेलेका थिए । प्याब्सन केन्द्रीय उपाध्यक्ष वीरबहादुर बुढाथोकीले प्याब्सनको महत्व र परिचयबारे जानकारी दिए । सम्मानितहरुको तर्फबाट एक्स आर्मी स्कुलका शिक्षक वेदराज ढकाल लगायतले बोलेका थिए ।

सो अवसरमा सामाजिक सुरक्षा कोषबारे कोषका सूचना अधिकारी उत्तमराज नेपालले कार्यपत्र प्रस्तुत गर्दै यसको महत्वबारे प्रकाश पारेका थिए ।

प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेलले शिक्षा प्रदान गर्ने ध्येयका लागि २०५० सालमा स्थापित प्याब्सन कास्कीले विविध कार्यक्रम गर्दै आएको बताए । ३५ औं स्थापना दिवस समारोह भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गरे । उनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष एवं प्याब्सन दिवस–२०८१ का संयोजक विष्णुप्रसाद तिमिल्सिना र संचालन सचिव पुष्पराज पराजुलीले गरेका थिए।

सबै तस्बिरः विजय नेपाल

Related News

सम्बन्धित समाचार

hero news full width