पोखरा । अम्बिका मावि, पोखरा–२५, सुइँखेतको ५७ औं वार्षिकोत्सव अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह बुधबार सम्पन्न भएको छ ।
समारोहलाई सम्बोधन गर्र्दै पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष मोतीलाल तिम्सिनाले अम्बिका महानगरकै उदाहरणीय विद्यालय बनेकोमा खुशी व्यक्त गर्दै अभिभावकको चासो नै विद्यालय सफल बन्ने आधार भएको बताए । बालबालिकालाई असल संस्कार दिनुपर्ने औँल्याउँदै उनले देश विकासको प्रमुख आधार शिक्षा हो भने ।
वडाले आगामी वर्षलाई ‘विद्यालय निर्माण वर्ष’ का रुपमा विकास गर्ने स्पस्ट पार्दै प्रवक्ता तिम्सिनाले शिक्षा क्षेत्रमा बजेट बढाउने प्रतिबद्धता समेत जनाए ।
राष्ट्रिय परीक्षा बोर्डका उपनिर्देशक वसन्तराज पौडेलले अम्बिकाले शैक्षिक क्षेत्रमा फड्को मार्दै गएको चर्चा गर्दै अम्बिका विद्यालयलाई अग्रणी शैक्षिक संस्थाका रुपमा चिनाए ।
पोखरा महानगरपालिका शिक्षा अधिकृत सोमनाथ भण्डारीले अम्बिकाको शैक्षिक फड्कोले सामुदायिक विद्यालयमा पढाइ हुँदैन भन्ने भ्रम चिर्न सफल भएको तर्क गर्दै दिनप्रतिदिन विद्यालयले प्रगति हासिल गर्दै गएको बताए ।
त्यस अवसरमा पूर्व अध्यक्ष सुवाश भण्डारी, भूतपूर्व प्रधानाध्यापक माधवशरण पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष महादेव अधिकारी, शिशुपोषण अक्षयकोष संस्थापक नेत्रपाणि भण्डारीलगायतले विद्यालय सुधारका लागि महायज्ञ कोसेढुंगा साविक भएको उल्लेख गर्दै महानगरले विशेषदृष्टि राखेर विद्यालयको स्तरवृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिए ।
विद्यालय अध्यक्ष दीपकबहादुर थापाले कक्षाकोठा अभाव रहेको सुनाउँदै निर्माणमा सघाउन महानगरको ध्यानाकर्षण गराए ।
प्रअ ओमप्रसाद पौडेलले सबैको साथबाट विद्यालय हालको अवस्थामा आएको चर्चा गर्दै कक्षा १ देखि ५ सम्मका कक्षाकोठा बालमैत्री बनाइनुपर्ने औंल्याए । उनले बहुउद्देश्यीय सभाहल निर्माणको लक्ष्य सुनाउँदै विद्यालयप्रति अझ बढी चासो राख्न अभिभावकसमक्ष आग्रह गरे ।
कार्यक्रमबीच आफ्नो विषयमा शत्प्रतिशत नतिजा ल्याउन सफल शिक्षकहरु प्रअ ओमप्रसाद पौडेल, सप्रअ उपेन्द्र अधिकारीसहित ठाकुरप्रसाद पौडेल, सञ्जुकुमारी शर्मा, रोशन सुवेदी, सुदीप दाहाल, अपार भण्डारी, लीलाधर अधिकारी, आशीष बास्तोला र अञ्जली देवकोटा, वर्ष कर्मचारीतर्फ लेखापाल भरतराज अधिकारी सम्मानित भए ।
त्यसैगरी, सर्वोत्कृष्ट विद्यार्थीका रुपमा रोशन बुढाथोकी, वर्षा पुन र आयुष पौडेल पुरस्कृत भए । त्यस्तै सहयोगी संस्था नेपाल स्वयंसेवी रक्तदाता समाज तथा विद्यालय निर्माणमा सहयोग गर्ने तीर्थबहादुर थापालाई पनि सम्मान गरियो ।
विद्यार्थी तथा शिक्षकले विभिन्न प्रस्तुति राखेको उक्त कार्यक्रमका शैक्षिक तथा अतिरिक्त क्रियाकलापतर्फका पुरस्कार पनि वितरण गरियो भने विभिन्न व्यक्ति एवं संघसंस्थाले सहयोग तथा अक्षयकोष स्थापना गरे ।
विद्यालय अध्यक्ष थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहायक प्रअ अधिकारी, विद्यार्थी रोशन बुढाथोकी, आकृति अधिकारी, निरु विकको समूहले स्वागत तथा शिक्षकद्वय सुदीप दाहाल र तारा आचार्यले संयुक्तरुपमा कार्यक्रम संचालन गरे ।
Related News
सम्बन्धित समाचार
प्राडा पाठकको पदभार
करार र काजले भरिएको पोखरा महानगर
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
पोखरा महोत्सव : विद्यालयस्तरीय लोकनृत्य सुरु
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
hero news full width
मुख्य समाचार
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१