आजदेखि पोखरा महोत्सव

आदर्श समाज सम्वाददाता
पौष २५, २०८१
united

पोखरा । १३ औं संस्करणको पोखरा महोत्सव–२०८१ बिहीबारदेखि सुरु हुँदैछ । युनाइटेड क्लब, पोखराले २५ पुसदेखि ७ माघसम्म अमरसिंहचौरमा आयोजना गर्न लागेको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको क्लब महासचिव तथा प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

१२ दिनसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न प्रकारका २ सय ५८ स्टल राखिने छन् । महोत्सव साढे २ लाखसम्म दर्शकले हेर्ने तथा करिब २५ लाख बचत हुने आयोजकको अनुमान छ ।

क्लबले २०६७ सालमा पहिलोपल्ट पोखरा महोत्सव आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणसँगै पोखरामा खुला चिडियाखाना निर्माणमा पहलकदमी थाल्दै आएको छ । क्लबले पोखराको अर्चलेमा युनाइटेड छात्राबास निर्माण थालनीसमेत गरेको छ । महोत्सवको पूर्व सन्ध्यामा क्लबले आफ्नै जग्गामा युनाइटेड छात्राबासको शिलान्यास समेत गरिसकेको र १३ औं संस्करणको पोखरा महोत्सवपश्चात छात्राबासको कामको सुरुवात हुने क्लब अध्यक्ष लोकबहादुर थापाले बताए ।

दैनिकरुपमा कलाकारको प्रस्तुति हुनेछ । टिकटक प्रतियोगिता, बुद्धिचाल प्रतियोगितासहित अष्ट्रिच प्रदर्शनीसमेत महोत्सवको अर्को आकर्षण हो ।

महोत्सवमा लोकदोहोरीतर्फ राजु परियार, बद्री पंगेनी, ज्योति मगर, रचना रिमाल, श्याम राना, शान्तिश्री परियार, प्रकाश दूतराज, सम्झना लामिछाने मगर, शान्तारानी परियार, अस्मिता अधिकारी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल लगायत कलाकारको प्रस्तुति हुनेछ । कन्सर्टमा जेम्सी, भिटेन, टुकी, उर्गेन, दि फिरन्ते, लाहुरे एण्ड ब्याड कम्पनी, रक हेड्स, पूर्ण राई एण्ड दाजुभाइहरु, सुगम पोखरेल एण्ड बाजागाजा, कबवेव र लोकल ब्याण्डहरुको प्रस्तुति रहनेछ । हांस्यव्यङ्ग्य नेपाली संस्कृति झल्कने प्रस्तुति, बालउद्यान, विद्यालयस्तरीय सामूहिक लोकनृत्य, झाँकी प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु हुने छन् ।

महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेटर हो । प्रायोजकमा बन्दीपुर केबलकार एण्ड टुरिजम प्रालि, युएनआई एक्सपर्ट एलइडी लाइटिङ, स्टार सीड टेक्नोलोजीस, विवश इलेक्ट्रिकल प्रालि, साकुरा डिजाइनर्स एण्ड बिल्डर्स प्रालि, रारा तयारी चाउचाउ, सिद्धी अटो पार्टस् एण्ड मोटरसाइकल वर्कसप, शिवचोक, ओमडा जेको, भिजन लिंक कन्सल्टेन्सी प्रालि रहेका छन् ।

फुड पार्टनरमा पोखरा सेकुवा घर, हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल प्रालि, पेमेन्ट पार्टनरमा रेबल, एयरलायन्स पार्टनरमा यती एयरलायन्स, अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैंक लि., अफिसियल इन्टरनेट वल्र्डलिंक, अफिसियल इन्स्योरेन्स नेपाल इन्स्योरेन्स, अफिसियल ड्रिङकिङ वाटर सोल्टी, विशेष सहयोगी संस्था पोखरा महानगरपालिका, सहयोगी संस्थाहरुमा अमरसिंह मावि, गण्डकी प्रज्ञा प्रतिष्ठान, अमरसिंह महिला समुह र नेपाल टेलिकम रहेका छन् । प्रवद्र्धक नेपाल पर्यटन बोर्ड हो । मिडिया पार्टनर आदर्श समाज दैनिकसमेत हो ।

‘युवामा आश जगाउनुपर्छ’

लोकबहादुर थापा
अध्यक्ष एवं मूलआयोजक समिति संयोजक

‘युवाको जाँगर राष्ट्र निर्माणको आधार’ भन्ने मूल नाराका साथ स्थापना भएको युनाइटेड क्लबलाई यहाँसम्म ल्याइपु¥याउन सहयोग गर्ने सम्पूर्णमा सर्वप्रथम हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं । पोखरा महोत्सव यस क्षेत्रमा अभिन्न परिचय बनिसकेको छ । मुलुकको कला, संस्कृति, भेषभूषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन विकास गरी देशलाई समृद्धिको दिशामा अघि बढाउन महोत्सव सहयोगी बनेको छ । साथै स्थानीयस्तरमा उत्पादित बस्तुको बजारीकरणमा सहयोग, जातजातिको कला प्रदर्शनी, कलाकारको प्रतिभा प्रस्फुटन महोत्सवका महत्वपूर्ण पक्ष हुन् ।

पोखरा महोत्सवलाई विगतमा झैं सुरक्षित र भव्यरुपमा सम्पन्न गर्न यहाँहरुको साथ र सहयोग आवश्यक छ । युवाजमात् विदेशिने क्रम बढ्दो छ । आर्थिक चलायमान गराउँदै त्यस्ता युवालाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने आश जगाउनु पनि हाम्रो उद्देश्य हो । विगतको तुलनामा महोत्सवस्थलमा यसपालि सुविधासम्पन्न शौचालय निर्माण गरिएको छ । विभिन्न आकर्षणका केन्द्रले दर्शकको नियमित उपस्थिति हुनेमा अपेक्षा गरेका छौं ।

शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनमा टेवा

हिमालय बख्रेल
संस्थापक अध्यक्ष
संयोजक, अतिथि व्यवस्थापन उपसमिति

केही सामाजिक कार्य गरौं भनी २०६७ सालमा क्लब स्थापना गरिएको हो । सुरुमा मेला गर्ने भन्ने थियो । यो ट्रेड जस्तो हुने भएकाले सकिन्न कि भनी सांस्कृतिक कार्यक्रम पनि जोडेर महोत्सवको रुपमा संचालन गरेका हौं । क्लबले महोत्सवबाट बचत रकम शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन क्षेत्रमा खर्चिंदै आएको छ । संस्था चलायमान बनाउँदै विभिन्न आर्थिक गतिविधिलाई टेवा दिँदै यहाँसम्म आइपुगेका छौं । क्लबले आपत्विपत्मा परेका पीडितलाई समेत राहत उपलब्ध गराउँदै आएको छ । दातृनिकायको सहयोगबिनै सामाजिक कार्य नै हाम्रो चिनारी बनेको छ । खुला चिडियाखानाको अवधारणा बोकेर हामीहरु त्यसलाई एक चरणमा पु¥यायौं । अहिले गण्डकी प्रदेश सरकारले गौरवको आयोजना रुपमा निर्माण कार्य अघि बढाएको छ । पोखराको अर्चलेमा छात्राबास निर्माणका लागि शिलान्यास भइसकेको छ भने पोखराको सेती नदी संरक्षकसहित यसलाई साहसिक गन्तव्यस्थलरुपमा परिचय दिन प्रतिटिकट १ रुपैयाँ छुट्टाउँदै आएका छौं । यो हाम्रो अभियान हो । यी पवित्र उद्देश्य बोकेर यसपालि पनि १३ औं पोखरा महोत्सव आयोजना गरिएकाले सबैको साथ मिल्ने अपेक्षा गरेका छौं ।

पोखरा महोत्सव आकर्षणको केन्द्र

राजु श्रेष्ठ
निवर्तमान अध्यक्ष एवं संयोजक कार्यसम्पादन उपसमिति

चिडियाखाना, छात्राबास निर्माणसँगै क्लबको अर्को लक्ष्य हो–पोखराको सेती नदी संरक्षण र साहसिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने । त्यसका लागि हामीहरुले महोत्सवबाट प्रतिटिकट रकम संकलन गर्दै आएको छौं । त्यो पनि चाँडै नै सफल हुनेमा विश्वस्त छौं ।

पोखरा महोत्सवले यहाँसम्म आइपुग्दा धेरै आरोहअवरोह पार गरिसकेको छ । स्टल राख्न सबै जना आतुर हुनुहुन्छ । यसपालि साढे २ सयभन्दा बढी स्टल राखिएको छ । ती सबैको लागि आकर्षणको केन्द्र हुन् । स्थानीय उत्पादनको प्रदर्शनीसँगै यस क्षेत्रमा लुकेर रहेका कला, संस्कृति कसरी स्टेजसम्म ल्याउने भन्नेमा हामी सदा गम्भीर हुने गर्छौ ।

उद्घाटनका लागि आतुर छौं

दिनेश सुनार
महासचिव
संयोजक, प्रचारप्रसार व्यवस्थापन उपसमिति ।

सधैंको वर्ष झैं यसपालि पनि हामीहरु १३ औं पोखरा महोत्सव उद्घाटनको लागि आतुर छौं । यही पुस २५ देखि माघ ७ गतेसम्म अमरसिंह चौरमा संचालन हुने महोत्सवका लागि प्रचारप्रसारमा कुनै कमजोरी गरेका छैनौं । विभिन्न सामाजिक सञ्जालसहित पत्रपत्रिका, टिभी, अनलाइन, एफएफ रेडियोलगायतबाट प्रचारप्रसार गरिरहेका छौं । विगतका वर्षमा झैं यसपालि पनि महोत्सव अपाररुपमा सफल हुने अपेक्षा छ ।

यसपालिको महोत्सवमा करिब साढे २ लाख जति दर्शक आउने हाम्रो अपेक्षा छ । कास्कीसहित विभिन्न जिल्लाबाट महोत्सव अवलोकन गर्न आउनु हुनेछ । महोत्सवमा विभिन्न आकर्षणहरु रहेका छन् । औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, कषि अटो मेला, पर्यटकीय गन्तव्यको जानकारी, पर्यटन प्रवद्र्धनका सामग्रीको प्रदर्शनी एवं जानकारी, विभिन्न जाति तथा जनजातिको कला संस्कृति प्रदर्शनी, उत्कृष्ट स्टललाई पुरस्कार, चमेनागृह, बालउद्यान, लोकदोहोरीमा चर्चित कलाकारसँगै स्थानीय कलाकारको प्रस्तुति, कन्सर्ट, हास्य व्यङ्ग्य प्रस्तुति, नेपाली संस्कृति झल्कने प्रस्तुति, सूचना प्रविधिको प्रदर्शनी एवं जानकारी, सामाजिक संघसंस्थाको परिचय एवं जानकारी झाँकी प्रदर्शनी एवं विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले दर्शकको अवश्य मन जित्ने अपेक्षा गरेका छौं ।

Related News

सम्बन्धित समाचार

hero news full width