पोखरा । सिमेन्टमा अस्वाभाविक मूल्यवृद्धिको निर्माण व्यवसायीले विरोध जनाएको छ । उनीहरुले सिमेन्ट उत्पादकले सिमेन्टको मूल्य अस्वाविभाक रुपमा बिनाआधार वृद्धि गरेको बताउँदै यसबाट प्रत्यक्षरुपमा आमउपभोक्ता, हार्डवयर व्यवसायी र निर्माण व्यवसायमिा असर परेको गुनासो गरेका छन् ।
बुधबार निर्माण व्यवसायी संघ कास्की, गण्डकी प्रदेश निर्माण व्यवसायी संघ पोखरा र पोखरा हार्डवयर एसोसिएसन कास्कीको संयुक्त बैठकले सिमेन्टको मूल्यवृद्धि फिर्ता गर्ने वातावरण बनाइदिन नेपाल सरकारसमक्ष जोडदार माग गरेको नेपाल निर्माण व्यवसायी कास्कीका सचिव डम्बरराज ढकालले जानकारी दिए ।
निर्णयमा भनिएको छ, ‘निर्माण कार्य तीव्रताका साथ अघि बढ्ने बेलामा सिमेन्ट उत्पादकको मनोमानी तवरको मूल्यवृद्धिले काम गर्ने वातावरणमा असर पर्ने हुँदा सहज र सरल रुपबाट काम गर्ने वातावरण बनाइदिनुहन, तत्काल अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न नेपालसरकारसमक्ष जोडदार माग गर्दछौं ।’
विज्ञप्तिमा गण्डकी प्रदेश निर्माण व्यवसायी संघका तर्फबाट अध्यक्ष टंकराज बराल, पोखरा हार्डवयर एसोसिएन कास्कीका तर्फबाट अध्यक्ष अर्जुनबहादुर थापा र नेपाल निर्माण व्यवसायी संघ कास्कीका तर्फबाट अध्यक्ष लिलकाजी गुरुङले संयुक्त हस्ताक्षर गरेका छन् ।
त्यसअघि, पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघले संयुक्त रुपमा विज्ञप्ति निकालेर बढेको मूल्य तत्काल फिर्ताको माग गरेका थिए । सिमेण्टमा भएको मूल्यवृद्धिको असर भौतिक निर्माणमा देखा पर्न थालेको व्यवसायीहरुको गुनासो छ ।
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतम र लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुलीले संयुक्त विज्ञप्ति निकाल्दै निर्माणले गति लिने बेलामा भएको मूल्यवृद्धि गलत भएको ठहर गरेका छन् । ‘निर्माणले गति लिने बेला एकाएक भएको मूल्यवृद्धि स्वाभाविक छैन । निर्माण सामग्रीमा भएको मूल्यवृद्धि फिर्ता लिन, बजारमा स्वाभाविक रुपले आपूर्तिको प्रबन्ध गर्न र खुलाबजार अर्थ व्यवस्थाको मर्म अनुरुप प्रतिस्पर्धात्मक व्यवस्था कायम राख्न उत्पादकहरुसँग आग्रह गर्दछ,’ उनीहरुले भनेका छन् ।
व्यवसायीहरुका अनुसार १ महिनामा विभिन्न चरण गरी प्रतिबोरामा ३५० रुपैयाँ मूल्य बढेको छ ।
Related News
सम्बन्धित समाचार
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१