पोखरा । युनाइटेड क्लब पोखराले आयोजना गर्न लागेको १३ औं संस्करणको पोखरा महोत्सव–२०८१ तयारी पूरा भएको छ । क्लबले यही २५ पुसदेखि ७ माघसम्म अमरसिंहचौरमा उक्त महोत्सव आयोजना गर्न लागेको हो ।
मंगलबार महोत्सवस्थलमा आयोजित पत्रकार सम्मेलनमा क्लब महासचिव तथा प्रचारप्रसार संयोजक दिनेश सुनारले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
क्लबले २०६७ सालमा पहिलोपल्ट पोखरा महोत्सव आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणसँगै पोखरामा खुला चिडियाखाना निर्माणमा पहलकदमी थाल्नै आएको छ । क्लबले पोखरा २७, अर्चलेमा युनाइटेड छात्राबास निर्माण थालनीसमेत गरेको छ ।
महासचिव सुनारले महोत्सवको पूर्व सन्ध्यामा क्लबले आफ्नै जग्गामा युनाइटेड छात्राबासको शिलान्यास समेत गरिसकेको र १३ औं संस्करणको पोखरा महोत्सवपश्चात छात्राबासको कामको सुरुवात हुने बताए ।
१२ दिनसम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल राखिने छन् । महोत्सव साढे २ लाखसम्म दर्शकले हेर्ने अनुमान छ ।
१३ औं पोखरा महोत्सवसम्म आइपुग्दा पोखरा र आसपासमा रहेका १९ सामुदायिक विद्यालयहरुमा छात्रवृत्ति अक्षयकोष स्थापना गरिसकेको र स्वास्थ्यको क्षेत्रमा दूरदराजका ग्रामीण भेगमा रहेकालाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आइरहेको क्लब अध्यक्ष तथा महोत्सव मूल आयोजक समिति संयोजक लोकबहादुर थापाले बताए ।
क्लबले खेलकुदको क्षेत्रमा आफैँ खेलकुदका प्रतियोगितासँगै खेलकुदका कार्यक्रमहरुमा प्रायोजनसँगै सहयोगी संस्थाको रुपमा काम गर्दै आइरहेको उनको भनाइ छ । क्लबले हालसम्म पर्यटन प्रवद्र्धनतर्फ खुला चिडियाखाना निर्माणमा ५८ लाख ८५ हजार हस्तान्तरण गरिसकेको र हाल उक्त परियोजना गण्डकी प्रदेश सरकारअन्तर्गत जिल्ला डिभिजन वन कार्यालयले स्वामित्व लिएर प्रदेश सरकारकै गौरवको आयोजना अन्तर्गत काम भइरहेको उनले बताए । क्लबले सेती नदी संरक्षणको क्षेत्रमा समेत काम गर्दै आइरहेको र यस वर्ष पनि महोत्सवको प्रत्येक टिकटबाट १ रुपैयाँ सेती नदी संरक्षणको लागि छुट्याउने जनाएको छ ।
यही २५ पुसदेखि ७ माघसम्म अमरसिंहचौरमा हुने १३ औं पोखरा महोत्सवको तयारी पूरा
महोत्सव आकर्षणमा लोकदोहोरीतर्फ राजु परियार, बद्री पंगेनी, ज्योति मगर, रचना रिमाल, श्याम राना, शान्तिश्री परियार, प्रकाश दूतराज, सम्झना लामिछाने मगर, शान्तारानी परियार, अस्मिता अधिकारी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल लगायत कलाकारको प्रस्तुति हुनेछ । कन्सर्टमा जेम्सी, भिटेन, टुकी, उर्गेन, दि फिरन्ते, लाहुरे एण्ड ब्याड कम्पनी, रक हेड्स, पूर्ण राई एण्ड दाजुभाइहरु, सुगम पोखरेल एण्ड बाजागाजा, कबवेव र लोकल ब्याण्डहरुको प्रस्तुति रहनेछ । हांस्यव्यङग्य नेपाली संस्कृति झल्कने प्रस्तुति, बालउद्यान, विद्यालयस्तरीय सामूहिक लोकनृत्य, झाँकी प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु हुने छन् । टिकटक प्रतियोगिता, अष्ट्रिच प्रदर्शनीसमेत आकर्षण रहेको क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले बताए ।
महोत्सवमा शारीरिक अशक्त, ज्येष्ठ नागरिक, एकल महिला, विदेशी पर्यटक, पत्रकार, ६ वर्षमुनिका बालबालिका र सुरक्षाकर्मी (पोषाकसहित) लाई निःशुल्क प्रवेश गराइने छ ।
महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेटर हो । प्रायोजकमा बन्दीपुर केबलकार एण्ड टुरिजम प्रालि, युएनआई एक्सपर्ट एलइडी लाइटिङ, स्टार सीड टेक्नोलोजीस, विवश इलेक्ट्रिकल प्रालि, साकुरा डिजाइनर्स एण्ड बिल्डर्स प्रालि, रारा तयारी चाउचाउ, सिद्धी अटो पार्टस् एण्ड मोटरसाइकल वर्कसप, शिवचोक, ओमडा जेको, भिजन लिंक कन्सल्टेन्सी प्रालि रहेका छन् ।
फुड पार्टनरमा पोखरा सेकुवा घर, हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल प्रालि, पेमेन्ट पार्टनरमा रेबल, एयरलायन्स पार्टनरमा यती एयरलायन्स, अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैंक लि., अफिसियल इन्टरनेट वल्र्डलिंक, अफिसियल इन्स्योरेन्स नेपाल इन्स्योरेन्स, अफिसियल ड्रिङकिङ वाटर सोल्टी, विशेष सहयोगी संस्था पोखरा महानगरपालिका, सहयोगी संस्थाहरुमा अमरसिंह मावि, गण्डकी प्रज्ञा प्रतिष्ठान, अमरसिंह महिला समुह र नेपाल टेलिकम रहेका छन् । प्रवद्र्धक नेपाल पर्यटन बोर्ड हो । मिडिया पार्टनर आदर्श समाज दैनिकसमेत हो ।
यसैगरी, मुुख्य प्रायोजक बेटर होम एपलायन्सको स्टलबाट १ हजार बराबरको सामान खरिद गरेमा १ वटा कुपन प्राप्त गर्न सक्ने छन् । सामान खरिद गर्ने उपभोक्ताहरुमध्ये भाग्यशाली ३ जनालाई बेटर एपलायन्सतर्फबाट पुरस्कृत गरिनेछ ।
सहप्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजम प्रालिले पोखरा महोत्सवको टिकटको अर्धकट्टी लिएर केबलकार चढ्न जानेलाई २५ प्रतिशत छुट र सोही स्थानमा सञ्चालित ड्राइभ इन रेष्टुरेन्टमा १५ प्रतिशत, स्काई साइक्लिङ र जीपलाइनमा समेत २५ प्रतिशत छुट सुविधा मिलाएको छ । अर्को प्रायोजक भिजन लिंक एजुकेशन कन्सल्टेन्सीले महोत्सवमा राखिने स्टलमा भर्ना हुने विद्यार्थीमध्येबाट गोलाप्रथाबाट दैनिक एकजनालाई निःशुल्क भाषा कक्षाको अवसर दिनेछ । साथै महोत्सवभर भाषा कक्षामा ४० प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।
विद्यालयस्तरीय सामूहिक लोकनृत्य प्रतियोगितामा सहयोगी संस्था गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गर्नेछ । दर्शकले नागरिकताको फोटोकपी र दुई प्रति पासपोर्ट साइजको फोटो साथमा ल्याए नेपाल टेलिकम स्टलबाट निःशुल्क सिम पाउने छन् ।
पोखरा सेकुवा घरले महोत्सवको टिकटको अर्धकट्टीवापत फुड आइटममा १० प्रतिशत छुट दिएको छ । आस्था किड्नी एण्ड स्पेसलाइज्ड हस्पिटलबाट सिबिसी, आरएफटी, एलएफटी, आर एसबी युरिन, इसिजी, युएसजी, एक्सरे र फिजिसियन कन्सल्टमा प्रत्येक दिन एकजनालाई निःशुल्क र अर्का एकजनालाई ५० प्रतिशत स्वास्थ्य परीक्षणमा छुट दिनेछ ।
महोत्सवमा हुने टिकटक प्रतियोगितामा लाइक आधारले प्रथमलाई आशीष इन्स्टिच्युट प्रालितर्फबाट ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । महोत्सवको टिकट अनलाइनबाट रेभल एपमार्फत समेत बुकिङ गर्न सक्ने छन् ।
Related News
सम्बन्धित समाचार
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१