भगवतीका विद्यार्थीलाई स्टेसनरी तथा नगद

आदर्श समाज सम्वाददाता
पौष २४, २०८१
bhagwati

पोखरा । अन्नपूर्ण ९, तिखेढुंगास्थित भगवती माविमा सोमबार कमसार्की सुनकुमारी गुरुङ एजुकेसन फाउन्डेसन ट्रस्टले विद्यार्थी तथा शिक्षकलाई स्टेसनरी एवम् शैक्षिक सत्र २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरेको छ ।

अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ट्रष्टका अध्यक्ष रामबहादुर गुरुङले विद्यार्थीमा पढाइप्रति चासो बढाउन र शैक्षिक उपलब्धि सुधारका लागि विगत १० वर्षदेखि बर्सेनि यस विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग तथा नगद पुरस्कार प्रदान गर्दै आएको बताए । केसीले स्थानीय सरकारले गर्नुपर्ने धेरै कामहरुमा विभिन्न सामाजिक संस्थाहरुले सहयोग गरेको र गाउँपालिकाले यस्ता कार्यको उच्च मुल्याङ्कन गर्दै सबै मिलेर सँगसँगै समृद्धिको यात्रामा हिँड्न चाहेको बताए ।

फाउन्डेसन अध्यक्ष रामबहादुर गुरुङले प्रत्येक कक्षाबाट २.८ जिपिए वा सोभन्दा माथिल्लो जिपिए ल्याई उत्र्तीण हुन सफल उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार प्रदान गर्ने गरेको बताउँदै सकेसम्म धेरै विद्यार्थीले निर्धारित जिपिए प्राप्त गरी आगामी वर्षहरुमा समेत फाउन्डेसन र विद्यालय बिचको यो सम्बन्ध निरन्तर बनाउन सहयोग गर्नुपर्ने बताए । सहरकेन्द्रित बसाइँसराइ बढेकोप्रति चिन्ता व्यक्त गर्दै उनले गाउँका दूरदराजमा रहेर पनि विद्यार्थीले गुणस्तरीय शिक्षा पाउनुपर्ने बताए । दुर्गम गाउँमा समेत शिक्षाको ज्योति फैलाउन लागिपरेका शिक्षकहरुलाई सम्मान व्यक्त गर्दै उनले यस वर्ष शैक्षिक सत्र २०८० मा उत्कृष्टता हासिल गर्ने १७ जना विद्यार्थीलाई नगद पुरस्कारका साथ विद्यालयका करिब १ सय १५ विद्यार्थी तथा कार्यरत १६ शिक्षकलाई समेत स्टेसनरी सहयोग गरिएको जानकारी दिए ।

यसैबीच, सावेत युके मिलन समाजतर्फबाट एसइईमा उत्कृष्ट नतिजा ल्याउन सफल ३ जना विद्यार्थीलाई जनही २० पाउण्डको दरले पुरस्कृत समेत गरिएको थियो ।

विशेष पुरस्कारअन्तर्गत अनुशासित विद्यार्थीको रुपमा कक्षा ७ का आयुष विक, उत्कृष्ट उपस्थितिका आधारमा कक्षा ९ की दीपिका गुरुङ, व्यक्तिगत सरसफाइतर्फ कक्षा ३ की करुणा विक र विद्यालयको सर्वोकृष्ट नतिजाका अधारमा कक्षा ५ की विद्यार्थी अंकिता गुरुङलाई पुरस्कृत गरियो ।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा ७ का वडाध्यक्ष भरतमान गुरुङ, वडा ९ का अध्यक्ष रमेश गुरुङ, वडा ४ का वडाध्यक्ष आइन्दल गुरुङ, प्रशासन शाखाका अधिकृत ठाकुरप्रसाद अधिकारी, विद्यालयका अर्थिक व्यवस्थापन समितिका संयोजक मेजर हितमान गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यार्थीको सांस्कृतिक प्रस्तुति रहेको उक्त कार्यक्रममा स्थानीय आमा समूह र अभिभावकले व्यवस्थापकीय सहयोग गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रअ चन्द्रकुमारी गुरुङले स्वागत र शिक्षक खेमबहादुर पुनले सञ्चालन गरेको शैक्षिक विभाग प्रमुख केआर ढकालले बताए ।

Related News

सम्बन्धित समाचार

  • माछापुच्छ्रे क्याम्पस पुनःजीवनको प्रयास

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । करिब ७ वर्षदेखि बन्द माछापुच्छ्रे क्याम्पस पुनःसंचालनको प्रयास थालिएको छ । अन्नपूर्ण–२, ढिकुरपोखरीस्थित उक्त क्याम्पसको गत २७ पुसमा…
  • राहत शिक्षक अन्नपूर्णमा शिवप्रसाद

    आदर्श समाज सम्वाददाता माघ १, २०८१
    पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेपाल राहत शिक्षक समितिको दोस्रो अधिवेशनले शिवप्रसाद त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।…
  • हिमालय माविका भूपू विद्यार्थी एकजुट

    आदर्श समाज सम्वाददाता पौष २९, २०८१
    पोखरा । गोरखाको शहीद लखन गाउँपालिका ६, घैरुङ, बास्कोटस्थित हिमालय माविमा हिमालय भूतपूर्व विद्यार्थी समिति गठन भएको छ । सो…
  • ‘निजी तथा सरकारी विद्यालयबीच विभेद नगरौं’

    आदर्श समाज सम्वाददाता पौष २९, २०८१
    स्याङ्जा । प्याब्सन केन्द्रीय उपाध्यक्ष कृष्ण अधिकारीले राज्यले निजी तथा सरकारी विद्यालयबीच विभेद हटाउनुपर्ने बताएका छन् । शिक्षाका लागि ठूला…
  • प्याब्सन कास्कीमा षडानन्द गौतम

    आदर्श समाज सम्वाददाता पौष २८, २०८१
    पोखरा । प्याब्सन कास्की अध्यक्ष षडानन्द गौतम निर्वाचित भएका छन् । संस्थाको आइतबार १९ औं जिल्ला अधिवेशनले गौतमको अध्यक्षतामा नयाँ…

hero news full width