पोखरा । लायन्स क्लब पोखरा अन्नपूर्णको ३८ औं चार्टर नाइट सम्पन्न भएको छ ।
डिष्ट्रिक गभर्नर मिलन थापाले कार्यक्रम उद्घाटन गर्दै सन् १९८७ मा आजाद श्रेष्ठको नेतृत्वमा ३० जना संस्थापक सदस्यहरु मिलेर स्थापना गरेको क्लब एउटा डिष्ट्रिकको भन्दा बढी काम गरी उदाहरणीय बनेको बताइन् । उनले क्लबले विभिन्न विद्यालयमा खानेपानी टंंकी निर्माण, छात्रवृत्ति सहयोग, स्वास्थ्य शिविर, खेलकुद र वातावरण कार्यक्रममा काम गरी एक परिपक्व संस्था भएको बताइन् ।
सो अवसरमा संस्थापक सदस्यहरु आजाद श्रेष्ठ, ध्रुव श्रेष्ठ, सोनाम साङपो, डा. वसन्त ताम्राकार र नारायण बाटाजूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यस्तै, क्लब २६ जना पूर्व अध्यक्षलाई पनि सम्मान गरिएको थियो ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले लायन्सहरुको पनि लायन्स अन्नपूर्ण लायन्स रहेको सामाजिक कार्यमा अति सशक्त क्लब भएको बताए ।
नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले ३८ वर्षदेखि निरन्तर संस्थालाई दिगो रुपमा राख्न सक्षम रहेकोमा केही वर्षदेखि फिष्टेल हस्पिटल र अन्नपूर्ण लायन्ससँग मेघा हेल्थ क्याम्प सहकार्य रहेको बताए ।
संस्थापक अध्यक्ष आजाद श्रेष्ठ पोखरामा तेस्रो क्लबको रुपमा स्थापना भएकोमा आजका दिनसम्म आउँदा प्रत्येक अध्यक्षहरुले क्लबलाई मजबुत बनाएको विचार व्यक्त गरे ।
गण्डकी एरिया चिफ सूर्यप्रसाद बरालले अन्नपूर्ण क्लबको काम अरु लायन्स क्लबले सिको गर्नुपर्ने बताए ।
रिजन चियरपर्सन शवी शेरचनले यो वर्ष अन्नपूर्ण लायन्स क्लबले उत्कृष्ट कार्यले गरेकोले डिष्ट्रिकबाट अवार्ड पाएको बताइन् । लायन्स क्लबका पूर्व अध्यक्ष तथा पोखरा उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य दुधमान गुरुङले क्लबले शहरमा भन्दा पनि ग्रामीण क्षेत्रमा कार्यक्रम गरेकोमा धन्यवाद दिए ।
क्लब अध्यक्ष गणेश छबिको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष ओमप्रसाद सुवेदीले स्वागत मन्तव्य र कार्यक्रम संचालन सचिव प्रकश सुवेदीले गरेका थिए । ध्वजाको अभिभादन द्वितीय उपाध्यक्ष दुर्गा जोजिजूबाट भयो ।
Related News
सम्बन्धित समाचार
प्राडा पाठकको पदभार
करार र काजले भरिएको पोखरा महानगर
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
पोखरा महोत्सव : विद्यालयस्तरीय लोकनृत्य सुरु
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
hero news full width
मुख्य समाचार
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१