शहीद बहुमुखीको महायज्ञमा झण्डै ४ करोड संकलन

पाल्पाली समाज पोखराकाे ५० हजार दान

आदर्श समाज सम्वाददाता
पौष २३, २०८१
SushilaRegmi_RampurPalpa_RSS_23_dhansankalan

तस्बिर: सुशीला रेग्मी/रासस

पोखरा । शहीद बहुमुखी क्याम्पस रामपुर, पाल्पामा आयोजित धनधान्याचल श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवं धार्मिक महोत्सव–२०८१  झण्डै ४ करोड जति संकलन गर्दै मंगलबार सम्पन्न भएको छ ।

क्याम्पसको संकाय थप, सीपमूलक शिक्षा र छात्राबास सञ्चालन सहयोगार्थका लागि पहिलोपल्ट पुस १६ देखि २३ गतेसम्म महायज्ञ आयोजना गरिएको हो ।

क्याम्पस व्यवस्थापन समिति अध्यक्ष एवं महायज्ञ मूल आयोजक समिति संयोजक नेत्र भट्टराईले लक्ष्यअनुरुप महायज्ञ सफलतापूर्वक सम्पन्न भएको बताउँदै दाता एवं सहयोगी सम्पूर्णमा आभार व्यक्त गरे ।

उनले भने, ‘सोमबारसम्म २ करोड ७२ लाख रुपैयाँ संकलन भएको थियो । अन्तिम दिन पनि ४०/४५ लाख जति संकलन भयो । त्ससबाहेक क्यूआर/चेकमार्फत पनि आएको छ । हामीहरु हिसाबकिताब संकलन गर्दैछौं । समग्रमा जग्गा तथा धानसहित झण्डै ४ करोड जति संकलन भएको छ ।’ उनका अनुसार अघिल्लो दिनसम्म ६५ लाख बराबरको जग्गा तथा धानमात्रै १ हजारभन्दा बढी मुरी संकलन भएको थियो । अन्तिम दिन थप १३ लाख बराबरको जग्गा दान गरिएको छ।

यसलाई महायज्ञमात्र नभई, धार्मिक महोत्सवकै रुपमा हेरिएकोले तुलादान, चौरासी पूजा, पितृमोक्ष, ज्योतिष परामर्श केन्द्रलगायत गरी २१ विधामा कार्यक्रम गरिएको संयोजक भट्टराईले बताए । महायज्ञको प्रमुख वाचक वाचनप्रवीण पण्डित दीनबन्ध पोखरेल थिए । संकल्पकर्ता चन्दप्रसाद बस्याल (ध्रुवशरण) हुन् ।

यसैबीच, पाल्पाली समाज पोखराले पनि महायज्ञमा ५० हजार १ सय ११ रुपैयाँ रकम सहयोग गरेको छ ।

समाजका संरक्षक, सल्लाहकार, पूर्व अध्यक्ष, कार्यसमिति पदाधिकारी, कार्यसमिति सदस्य, साधारण सदस्यलगायतबाट संकलित उक्त रकम सोमबार महायज्ञस्थलमै पुगेर हस्तान्तरण गरिएको कार्यक्रम संयोजक एवं समाजका उपमहासचिव रमेशकुमार पौडेलले बताए । दान हस्तान्तरणका लागि समाजका अध्यक्ष बालचन्द्र परियारको नेतृत्वमा कार्यक्रम संयोजक पौडेल, सल्लाहकार खेम सारु, प्रथम उपाध्यक्ष श्रीधर पराजुली, कार्यसमिति सदस्य अनुपमान कर्माचार्य, सदस्य सुनिल अर्याल गएका थिए । पोखराबाट दान संकलन गरी आएको भन्दै आयोजकले बाजागाजासहित निकै आदरसत्कार गरेको जानकारी अध्यक्ष परियारले दिए ।

२०४८ सालमा शहीदको नाममा स्थापित क्याम्पसमा हाल शिक्षाशास्त्र र व्यवस्थापन संकायमा स्नातकोत्तर तहसम्म पढाइ हुने गरेको छ । रामपुर–७, किसानबारीस्थित क्याम्पसमा हाल ३१ जना शिक्षक कर्मचारी एवं ७ सय ८४ जना विद्यार्थी छन् ।

Related News

सम्बन्धित समाचार

  • करार र काजले भरिएको पोखरा महानगर

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । तनहुँ घिरिङ गाउँपालिकामा कार्यरत् सातौं तहकी इन्जिनियर ज्योति थापा २०७७ फागुनमा पोखरा महानगर काजमा सरुवा भइन् । काज…
  • खुदीखोलाका मगरहरुले मनाए माघी

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । आराधना मगर समाज पोखरा–३२, खुदीखोलाका मगरवासीले माघी संक्रान्ति पर्व मनाएका छन् । नेपाल मगर संघ आराधना मगर समाजको आयोजनामा…
  • काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने धरौटीमा रिहा भएका…
  • पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । पोखरा वडा कार्यालय १५ आयोजनामा बुधबारदेखि तेस्रो बृहत् खेलकुद महोत्सव सुरु भएको छ । वन विज्ञान अध्ययन संस्थानको…
  • एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले यात्रुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ सुविधासम्पन्न २ भिआइपी बस थप गरेको…

hero news full width