पोखरा । २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ मा सनराइज ड्राइभिङ स्कुल पनि जोडिएको छ । उक्त संस्थाले फुटबल प्रतियोगितामा सर्वाधिक गोलकर्ताको पुरस्कार राशि प्रायोजन गरेको हो ।
सो सम्बन्धमा आयोजक सहारा क्लब पोखराका तर्फबाट अध्यक्ष केशवराज बराल र ड्राइभिङ स्कुलका तर्फबाट अध्यक्ष वसन्त भट्टचनबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
उक्त अवसरमा सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली, पूर्व कोषाध्यक्ष राजु लालचनसमेतको उपस्थिति थियो । संस्थाले सर्वाधिक गोलकर्तावापत् ५० हजार प्रदान गर्नेछ ।
पोखरामा लामो समयदेखि ड्राइभिङ सिकाउँदै आएको सनराइजले नयाँबजारसहित फूलबारी, पोखरा रंगशाला गेट अगाडि र बिरौटाका शाखामा समेत ड्राइभिङ प्रशिक्षण दिँदै आएको संचालक सरोज केसीले बताए ।
सहारा क्लबले आगामी माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता संचालन गर्दैछ । प्रतियोगिता सफल पार्न विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रम जारी रहेको क्लबका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिए ।
क्लबले हालैमात्रै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, खेलकुदसम्बद्ध तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसँग भेटघाट तीव्र पारेको छ ।
हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ मुख्य प्रायोजक कायमै छ ।
क्लबले पोखरा १७, दोबिल्लामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी संचालन गरेको छ । हाल चौथो ब्याजको रुपमा एकेडेमीमा आश्रित कठिन परिस्थिति र विपन्न वर्गका ३० जना बालकहरु रहेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जताए ।
फुटबल प्रतियोगिताबाट हुने आम्दानी एकेडेमीमा आश्रित बालिकहरुको उचित शिक्षादीक्षा, आवास र दैनिक फुटबल प्रशिक्षणमा क्लबले खर्च गर्दै आएको क्लब अध्यक्ष केशवराज बरालले बताए ।
Related News
सम्बन्धित समाचार
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१