पोखरा । पोखरा विश्वविद्यालयको प्राज्ञिक भवन कम्प्लेक्सभित्र निर्माण गरिने नयाँ अत्याधुनिक शैक्षिक भवनको सोमबार शिलान्यास भयो । पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा वेदराज केसीले रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारीको उपस्थितिमा भवनको शिलान्यास गरेका हुन् ।
कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, शिक्षक र कर्मचारीहरूको सहभागिता थियो ।
नयाँ शैक्षिक भवन प्राज्ञिक भवन कम्प्लेक्सको पश्चिमपट्टि, स्कूल अफ इन्जिनियरिङ र स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङको दक्षिणपट्टि रहेको स्थानमा निर्माण हुँदैछ । निर्माणको जिम्मेवारी श्रेष्ठ एण्ड सन्स, चो रोल्पा जेभी, काठमाडौंले पाएको छ भने सुपरभिजन पेस कन्सल्टेन्ट, काठमाडौंले गर्नेछ ।
गत १५ साउनदेखि सुरु भएको परियोजना ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ । ४१ करोड ४३ लाख १७ हजार ५ सय ५९ रुपैयाँ लागतमा निर्माण हुने यो भवनसँगै स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका लागि ट्रस संरचना, स्कूल अफ बिजनेसका लागि शौचालय निर्माण र पुरानो प्रशासनिक भवनको मर्मत कार्य पनि अघि बढाइने छ ।
नयाँ शैक्षिक भवन भुइँतलादेखि ७ तलासम्म निर्माण हुनेछ । भवनमा २६ वटा कक्षा कोठा, १२ प्रशासनिक कोठा, २४ शिक्षकका कोठा र ४ वटा विभागीय प्रमुखका कोठा हुनेछन् । यसबाहेक, प्राथमिक उपचार कक्ष, चौकीदार कक्ष, प्यान्ट्री, बिजुली कोठा र ४ वटा भण्डार कोठाहरू पनि रहने छन् । भवनमा दुईवटा भ¥याङ र एउटा लिफ्टसहित ३ सय जना क्षमताको अडिटोरियम हल र ४० जना क्षमताको मिनी हलको व्यवस्था हुनेछ । भवन परिसरमा १९ वटा कार र १ सय २० वटा मोटरसाइकल पार्किङ सुविधा उपलब्ध गराइनेछ ।
निर्माण व्यवसायीले भवनलाई पर्दा, कार्पेट र फर्निचरसहित सुसज्जित गरी विश्वविद्यालयलाई हस्तान्तरण गर्नेछ ।
सो अवसरमा निवर्तमान उपकुलपति प्राडा प्रेमनारायण अर्यालले शुभकामना सन्देश दिँदै पोखरा विश्वविद्यालयमा नयाँ शैक्षिक भवन शिलान्यास भएकोमा खुशी व्यक्त गरे ।
भवनले विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक कार्यलाई थप व्यवस्थित बनाउँदै गुणस्तरीय शिक्षामा उल्लेखनीय योगदान पु¥याउने विश्वास गरिएको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जनाए ।
Related News
सम्बन्धित समाचार
प्राडा पाठकको पदभार
करार र काजले भरिएको पोखरा महानगर
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
पोखरा महोत्सव : विद्यालयस्तरीय लोकनृत्य सुरु
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
hero news full width
मुख्य समाचार
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१