पोखरा । गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यसचिव श्रीधर शर्माले खेल संघहरुले निर्धारित मिति २० पुसभित्र दर्ता, नवीकरण, अध्यावधिक र साधारण सभा नगरेको पाइए कारबाही गर्ने चेतावनी दिए ।
उनले समयभित्र दर्ता, नवीकरण, अद्यावधिक र साधारण सभा नगर्ने संघका प्रतिनिधिहरुले खेल संघको लेटर प्याड तथा छापसमेत प्रयोग गर्न नपाउने जनाए । करिब २८ वटा खेल संघहरु प्रदेशमा आबद्ध भएको उनले जानकारी दिए ।
नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोख्रेलले तेक्वान्दो खेलको विकासका लागि डोजाङहरुको स्थापना हुनुपर्नेमा जोड दिए । स्वस्थ नागरिक उत्पादनसँगै घरघरमा तेक्वान्दो पु¥याउन डोजाङहरुको स्थापना आवश्यक रहेको उनको भनाइ थियो ।
गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष लक्ष्मी पाण्डे, महासचिव रमेश पौडेल, कोषाध्यक्ष माइकल कर्माचार्यले बोलेका थिए ।
कोषाध्यक्ष कर्माचार्यले आर्थिक वर्ष २०८०÷०८१ मा आम्दानीतर्फ २९ लाख ६२ हजार ९ सय २८ र खर्चतर्फ २५ लाख २३ हजार ८ सय ६४ रहेको जानकारी दिए । बाँकी ४ लाख ३९ हजार यस वर्ष भुक्तानी गर्न बाँकी रहेको र सेवा प्रदायकहरुलाई भुक्तानी गरिने बताए । संघ अध्यक्ष गुरूङले पोखरा रंगशालामा निर्माण हुन लागेको तेक्वान्दो प्रशिक्षण हल निर्माण सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा गरे ।
Related News
सम्बन्धित समाचार
सहारालाई गिनिजको सहयोग
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
सहारा क्लब र दृष्टि आँखा हस्पिटलबीच सम्झौता
२४ औं आहारारा पोखरा गोल्डकपको सहप्रायोजक जयश्री फुड्स प्रालि
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१