कास्की टेबल टेनिसमा योन्जन

आदर्श समाज सम्वाददाता
पौष २३, २०८१
table tannis news

पोखरा । कास्की जिल्ला टेबल टेनिस संघको २० औं साधारण सभा तथा सातौं अधिवेशनले गौतमराज लामा योन्जनको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको छ ।

संघको प्रथम उपाध्यक्षमा मुना थापा, द्वितीय उपाध्यक्षमा रविनाथ पन्त, सचिवमा दीपक भण्डारी, सहसचिव रवीन्द्र कट्टेल, कोषाध्यक्षमा देव भुजेल, कार्यसमिति सदस्यमा किसान जिसी, आस्था केसी, तिलक थापा, सोनिम गुरुङ र समीक्षा पोख्रेल छन् ।

कार्यक्रम उद्घाटन गर्दै जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुनबहादुर लामाले खेलाडीको सफलता उसको मेहनत र धैर्यमा भरपर्ने बताए ।

संघका सल्लाहकार रमाकान्त बरालले खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पु¥याउन केन्द्रित भएर खेलकुदका गतिविधि बढाउनुपर्ने बताए । नेपाल पत्रकार महासंघ कास्की सहसचिव मधु अधिकारीले टेबलटेनिस सर्वसुलभ खेल भएकाले हरेक वडाको सार्वजनिक स्थल वा भवनमा यसको संरचना बनाउन सके टेबुलटेनिस खेलमा खेलाडीको उत्साह र निरन्तरता बढ्ने बताए ।

संस्थाका अध्यक्ष उत्तम जोशीले आफ्नो कार्यकालमा भएका उपलब्धिसहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रपति रनिङ शिल्डमा टेबल टेनिसलाई समेट्नु पर्ने धारणा प्रकट गरे । जोशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रवि पन्त, धन्यवाद ज्ञापन निर्मल सोती र संचालन सचिव कृष्ण रानाभाटले गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width