कोन सहकारीको २६ औं वार्षिकोत्सव अवसरमा रक्तदान, नवर्निमित भवन उद्घाटन

आदर्श समाज सम्वाददाता
पौष २२, २०८१
con blood photo 20

पोखरा । पोखरा १३, भद्रकाली चोकस्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले २६ औ बार्षिकोत्सवको अवसरमा शनिबार खुला रक्तदान कार्यक्रम गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित कार्यक्रमबाट ५२ युनिट रगत संकलन भएको छ ।

प्रमुख अतिथि संस्थाका निवर्तमान अध्यक्ष एवं मानार्थ संरक्षक शरदकान्त सिग्देलले पहिलो रक्तदाता संस्थाका सचिव शान्तकुमार श्रेष्ठलाई ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थिए ।

संस्थाका अध्यक्ष तीर्थबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा उपसमितिका संयोजक खड्कबहादुर गुरुङ (खुशीमान), रक्त संचार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली, मार्गदर्शन एकेडेमीका संचालक पुरनकुमार श्रेष्ठ, सहकारीका सदस्य शारदा सिग्देल पराजुली लगायतले रक्तदानको महत्वबारे चर्चा गरेका थिए ।

उक्त अवसरमा संस्थाको नवर्निमित भवनको सहकारीका निवर्तमान अध्यक्ष तथा मानार्थ संरक्षक शरदकान्त सिग्देलले उद्घाटन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width