माछापुच्छ्रे माविको ५२ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
पौष २२, २०८१
Machha

पोखरा । अन्नपूर्ण–२, ढिकुरपोखरीस्थित माछापुच्छ्रे माध्यमिक विद्यालयको ५२ औं वार्षिकोत्सव, अभिभावक दिवस, छात्रवृत्ति एवम् पुरस्कार वितरण समारोह शनिबार भएको छ ।

समारोहलाई सम्बोधन गर्दै अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले मुलुकका हरक्षेत्रमा सुधार ल्याउन शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका रहने औंल्याए । उनले शिक्षक आदर्श बनेर कर्म क्षेत्रमा खटेमात्रै विद्यार्थीले राम्रो नतिजा प्राप्त गर्ने स्पष्ट पार्दै राम्रो गर्ने विद्यालय तथा विद्यार्थीलाई सहयोग गर्न पालिका तयार रहेको भनाइ राखे ।

गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको स्पष्ट पार्दै अभिभावकले चाँसो राखेका विद्यालय क्रमशः सफल हुँदै गएको बताइन् ।

त्यस अवसरमा माछापुच्छ्रे क्याम्पस अध्यक्ष पुण्यप्रसाद पौडेल, अन्नपूर्ण १ का अध्यक्ष तुलसीप्रसाद अधिकारी, २ का अध्यक्ष पिताम्बर भण्डारी, ३ का कावा वडाध्यक्ष कृष्णप्रसाद पौडेल, गाउँपालिका शिक्षा अधिकृत बलराम भुगाईं, माछापुच्छ्रे क्याम्पस प्रमुख रामचन्द्र सुवेदी, क्याम्पस उपाध्यक्ष गोविन्दप्रसाद अधिकारी, वडा सदस्यद्वय भानुभक्त दाहाल र माया अधिकारी, नेपाली काँग्रेस प्रतिनिधि लोकराज भण्डारी, पूर्व विद्यार्थी मञ्च अध्यक्ष यादवराज अधिकारी, अभिभावक लक्ष्मी देवकोटा, स्थानीय हरीराम भण्डारी, विद्यार्थी अन्मिषा विक लगायतले माछापुच्छ्रे त्यस क्षेत्रकै अव्बल विद्यालय बन्दै भएको दाबी गर्दै शैक्षिक गुणस्तरलाई क्रमशः वृद्धि गर्दै जानुपर्ने औँल्याए ।

विद्यालय अध्यक्ष मनपति भण्डारीले विद्यालयलाई त्यस क्षेत्रकै नमूना शैक्षिक संस्थाका रुपमा स्थापित गर्न पहल भइरहेको स्पष्ट पार्दै त्यसका लागि स्थानीयको सहयोग प्राप्त भइरहेको उल्लेख गरे । प्रधानाध्यापक दीपकराज अधिकारीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे ।

कार्यक्रमबीच विद्यार्थीले एकल एवम् सामूहिक नृत्य तथा गीत प्रस्तुत गरे । त्यस्तै शैक्षिक, अतिरिक्त कियाकलाप, अनुशासन, सरसफाइतर्फका पुरस्कार वितरण गरिनुका साथै छात्रवृत्ति समेत प्रदान गरियो ।

कार्यक्रमबीच वर्ष शिक्षकका रुपमा विष्णुमाया भण्डारी, वर्ष अभिभावकका रुपमा वसन्ती भण्डारी र वर्ष विद्यार्थीका रुपमा सुविद शर्मा सम्मानित भए । त्यस्तै, माध्यमिक शिक्षा तथा कक्षा १२ को परीक्षामा आफ्नो विषयमा शत् प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकहरु कृष्णप्रसाद अधिकारी, शालिकराम अधिकारी, असित बराल र छविराज अधिकारीलाई पनि सम्मान गरियो ।

विद्यालय अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहायक प्रअ कृष्णप्रसाद अधिकारीले स्वागत तथा अतिरिक्त क्रियाकलाप संयोजक शालिकराम अधिकारी एवम् शिक्षक नारायणप्रसाद भण्डारीले संयुक्तरुपमा कार्यक्रम संचालन गरे ।

Related News

सम्बन्धित समाचार

  • माछापुच्छ्रे क्याम्पस पुनःजीवनको प्रयास

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । करिब ७ वर्षदेखि बन्द माछापुच्छ्रे क्याम्पस पुनःसंचालनको प्रयास थालिएको छ । अन्नपूर्ण–२, ढिकुरपोखरीस्थित उक्त क्याम्पसको गत २७ पुसमा…
  • राहत शिक्षक अन्नपूर्णमा शिवप्रसाद

    आदर्श समाज सम्वाददाता माघ १, २०८१
    पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेपाल राहत शिक्षक समितिको दोस्रो अधिवेशनले शिवप्रसाद त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।…
  • हिमालय माविका भूपू विद्यार्थी एकजुट

    आदर्श समाज सम्वाददाता पौष २९, २०८१
    पोखरा । गोरखाको शहीद लखन गाउँपालिका ६, घैरुङ, बास्कोटस्थित हिमालय माविमा हिमालय भूतपूर्व विद्यार्थी समिति गठन भएको छ । सो…
  • ‘निजी तथा सरकारी विद्यालयबीच विभेद नगरौं’

    आदर्श समाज सम्वाददाता पौष २९, २०८१
    स्याङ्जा । प्याब्सन केन्द्रीय उपाध्यक्ष कृष्ण अधिकारीले राज्यले निजी तथा सरकारी विद्यालयबीच विभेद हटाउनुपर्ने बताएका छन् । शिक्षाका लागि ठूला…
  • प्याब्सन कास्कीमा षडानन्द गौतम

    आदर्श समाज सम्वाददाता पौष २८, २०८१
    पोखरा । प्याब्सन कास्की अध्यक्ष षडानन्द गौतम निर्वाचित भएका छन् । संस्थाको आइतबार १९ औं जिल्ला अधिवेशनले गौतमको अध्यक्षतामा नयाँ…

hero news full width