पोखरा । यौनश्रममा लागेकी पोखराकी एक युवती एकजना पुरुष ग्राहकको अनुरोधमा होटल पुगिन् । रातभरका लागि बुकिङ भएकी उनलाई ती पुरुषले बियर खान आग्रह गरे । तर, कहिल्यै मदिरा नखाने ती युवतीले सिधैँ इन्कार गरिन् । निकै आग्रहपछि बाध्यतावश खाइन् । अनि बेहोस् भएर ढलिन् ।
भोलिपल्ट बिहान ७ बजे उठ्दा त झसङ्ग भइन् । उनको घाँटीको सुनको सिक्री थिएन । पैसा लुटिइसकेको थियो । खासमा ती ग्राहकले बियरमा लठ्ठ पार्ने कुनै चिज मिसाएका रहेछन् ।
यो कुरा ती युवतीले कहीँकतै भनिनन् । पछि गोरेटो नेपालको सम्पर्कमा आइन् । होटल साहुबाट बुझेर ती ग्राहक भेटिने उपायबारे जनाउँदा उनी हच्किइन् । समाजको डरले बरु सहेरै बसिन् । र, यौनश्रमबाट उम्किर अन्य पेसा गर्ने सोच बनाइन् ।
यो घटना, अन्त कही नभएर पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडको हो । अंग्रेजी नयाँ वर्ष–२०२५ अवसरमा भएको यो घटनाले के पुष्टि गर्छ भने बाध्यताहोस् वा रहरैले यौन पेसामा लाग्ने महिला दिदीबहिनीहरु सुरक्षित छैनन् । उनीहरुको मानवअधिकार त हनन् भएकै छ नै समाजले हेर्ने दृष्टिकोण समेत कलंकित छ ।
युएनडिपीको गत वर्षको एक तथ्यांकअनुसार नेपालमा हाल ६७ हजार ३ सयजना यौनश्रमिक महिला छन् । पछिल्लो समय स्वासा नेपाल, जागृति महिला महासंघले गरेको सर्वेक्षणमा नेपालमा यो संख्या अझ बढी छ । उसका अनुसार नेपालमा ८५ हजार जना यौनश्रमिक महिला यो पेसामा छन् ।
नेपालको कानूनी दृष्टिमा हालसम्म बर्जित यौनश्रम भने विभिन्न घटनाक्रमले समाजमा भुसको आगो झैं भित्रभित्रै फैलिएको पाइन्छ । तर, बाध्यता, रहर वा अन्य विविध कारण यौनश्रममा संलग्न खासगरी महिलाहरुलाई समाजले हेर्ने दृष्टिकोण राम्रो छैन । उनीहरु अपराधी झैं जिउनुपर्ने बाध्यता छ । उनीहरुलाई बिनागल्ती पक्राउ गर्ने र मानसिक तथा शारीरिक यातना दिने, यौनश्रमिकलाई अपराधीजस्तो व्यवहार गरिने, समाज भाँड्ने तत्वको रुपमा रुपमा चित्रण गरिने, स्वास्थ्यसेवामा पहुँच नहुने गरेको गुनासो कायमै छ ।
यौनश्रममा आबद्ध महिलाहरुको हकहित र सुरक्षामा लामो समयदेखि क्रियाशील गोरेटो नेपालकी निवर्तमान अध्यक्ष बिमला गुरुङ भन्छिन्, ‘यौनश्रमलाई आपराधीकरण गरिएको छ । यौनश्रममा लागेका महिलाहरुलाई हिंसा, लाञ्छना, कलंक र भेदभाव गरिन्छ । राज्यले प्रदान गर्ने सेवासुविधामा यौनश्रमिकको पहुँच छैन । यसलाई निरआपराधीकरण गरिनुपर्छ ।’
उनका अनुसार गोरेटो नेपालले हाल देशभरका १६ जिल्लामा यौनश्रमलाई आपराधिकरण दृष्टिकोणबाट हेरिनुहुन्न भन्ने मागसहित अभियान चलाइरहेको छ । संस्थाका अनुसार पोखरामा हाल करिब १ हजारदेखि १५ सय जना यौनश्रमिक महिलाहरु यो पेसामा छन् । उनीहरुको मानवअधिकारको प्रत्याभूति, स्वास्थ्य सुरक्षा, हकहित, अन्य किसिमका सीप विकास र महिला सशक्तीकरणका लागि राज्यका विभिन्न निकायसँग प्रस्तावना लिएर जाँदा बजेट नपाउने र हेयको दृष्टिकोणले हेर्ने गरेको स्वास्थ्य नेपालकी समेत फोकलर्सिनसमेत रहेकी बिमलाको गुनासो छ ।
जागृति महिला महासंघकी कार्यकारी निर्देशक लक्ष्मी रानाभाटले यौनश्रमिक महिलाहरुको स्वास्थ्यको क्षेत्र तथा पछाडि परेका महिलाहरुको हकहितको क्षेत्रमा काम गर्दै आएको बताउँछिन् । उनले यस पेसामा लाग्नेहरु विभिन्न यौनयोगको सिकार हुनुपरेको पनि बताइन् । उनका अनुसार काठमाडौंमा केन्द्रीय कार्यालय रहेको महासंघले हाल नेपालका ३४ जिल्लामा कम्युनिष्टी बेसमा शाखाहरु बिस्तार गरेर काम गरिरहेको छ । २०६६ सालमा गोरेटो नेपाल संस्था खोल्दा उनी संस्थापकमध्ये एक हुन् । रानाभाटले राज्यद्वारा यौनश्रमिकहरुको स्वतन्त्रतापूर्वक बाँच्न पाउनुपर्ने नागरिक हक र काम गर्न पाउनुपर्ने हक सुरक्षित गर्नुपर्नेमा जोड दिइन् । उनले नेपालसहित भारत, बंगलादेश र श्रीलंकामा यौनश्रमिक ‘मुभमेन्ट’ चलिरहेको र छिट्टै नेपालको कानूनले पनि यसलाई निरअपराधीकरणको रुपमा हेर्ने अपेक्षा गरिन् ।
यौनश्रमको बारेका समाज अचेल क्रमिकरुपमा खुलेर बहस हुन थालेको छ । विदेशका केही राष्ट्रमा यौनश्रमलाई कानूनी मान्यतासमेत दिइएको छ ।
यौनश्रम १८ वर्षभन्दा माथिका वयस्कहरुद्वारा सहमतिमा पारिश्रमिक लिएर गरिने कार्य हो । ‘यौनश्रमिकलाई हुने विभेदको अन्त्यः हाम्रो गन्तव्य’ विषयक सञ्चारमाध्यमसँगको अन्तरक्रियामा सहभागीले यौनश्रमलाई निरआपराधीकरण गरिनुपर्ने, यौन पेसा पनि अन्य श्रमजस्तै श्रम भएको र यसलाई पनि श्रमको मान्यता दिइनुपर्ने, यो पेसामा संलग्न पनि अन्य नागरिकसरहका नागरिक भएको र संलग्नलाई धम्क्याउन, पक्राउ गर्न, लाञ्छना लगाउन, विभेद गर्न नपाउने माग गरे । साथै, यौनश्रमलाई भेदवभारहित, सुरक्षित र यौनश्रम गलत हो भन्ने धारणा र दृष्टिकोण परिवर्तन गर्न नीतिनिर्माण गरिनुपर्ने माग गरे । राज्यका तीनै तहका सरकारले वातावरण निर्माण गर्ने कार्यमा पहल गर्नुपर्ने उनीहरुको माग छ ।
गोरेटो नेपालकी अध्यक्ष बुद्धकुमारी गुरुङ समाजमा पहिलेपहिले यो पेसा बाध्यता थियो भने अहिले आवश्यकता र रहर दुवै भएको जिकिर गर्छिन् । ‘निम्न आर्थिक स्थिति भएको समुदायमा पतिले छोडेका हुन् वा सिंगल मदरहरुसँग हातमा सिप हुँदैन । जागिर गर्न गयो भने १० हजारभन्दा बढी कमाउँदैनन् । त्यो पैसाले बच्चाबच्ची पढाउने कि ? घरखर्च चलाउने ? बाध्यतावश् उनीहरु यो पेसामा लाग्न बाध्य पनि छन् । कोहीकसैका लागि रहर पनि होला,’ उनले प्रस्ट पारिन् ।
गोरेटो नेपालकी निवर्तमान अध्यक्ष गुरुङले १८ वर्षभन्दा मुनिका बालिकालाई यो पेसामा आबद्ध हुन नदिने, यदि भेटाएमा पनि शक्ति समूहलगायत संस्थासँग सहकार्य गरेर उद्धार गरिने गरिएको जानकारी दिइन् । यस पेसामा लाग्नेहरुले एउटै माग छ–प्रहरी, समुदाय र राज्यले हेर्ने दृष्टिकोण फेरिनुपर्छ, यसलाई निरआपराधीकरण गरिनुपर्छ ।
Related News
सम्बन्धित समाचार
सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
१३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१