पोखरा । शिक्षा विकास निर्देशनालय गण्डकीले प्रदेशभर फ्राइडे फर फ्यूचर (भविष्यका लागि शुक्रबार) कार्यक्रम लागु गरेको जनाएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आइतबार गरेको पत्रकार भेटघाटमा शिक्षा विकास निर्देशनालय गण्डकीका महानिर्देशक अम्बिकाप्रसाद आचार्यले विद्यार्थीले आइतबारदेखि बिहीबारसम्म पढून् अनि शुक्रबार एकदिन भए पनि प्रयोगात्मक रुपमै गरुन् भन्ने अभिप्रायका साथ कार्यक्रम लागु गरिएको बताए ।
‘निर्देशनालयको आयोजनामा हामीले पोखरामा गत वर्ष रोजगार मेला ग¥यो, त्यो अत्यन्तै महत्वपूर्ण रह्यो,’ उनले भने, ‘गण्डकी प्रदेशले शिक्षा नीति पनि ल्याएको छ, त्यसै अनुसार कार्यनीति तथा रणनीति पनि निर्माण भई हाल कार्यान्वयनमा छन् । पक्कै पनि यसले सफलता प्राप्त गर्नेछ ।’ प्रदेशले सिक्दै कमाउँदै कार्यक्रमलाई प्राथमिकतामा राखेको उनले सुनाए । ‘गण्डकीका कुल १२ पालिकामा करियर काउन्सेलिङ कार्यक्रम पनि जारी छ । शिक्षकहरुको विषयगत सञ्जाल पनि बनाएका छौं, असल अभ्यासको प्रबोधीकरण पनि गर्न खोजेकै छौं, शिक्षक हाजिरीजवाफ, वक्तृत्वकला लगायतका प्रतियोगिताहरु पनि भइरहेकै छन् । अब अभिभावक सचेत गराउन योग, ध्यान तथा प्रणयमको माध्यम अपनाउँदै छौं,’ उनले भने ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक हरिप्रसाद अर्यालले अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ को मर्मलाई आत्मसात गरी नेपाली शिक्षालाई अगाडि बढाउनुपर्ने बताए । उनले ऐनअनुसार विद्यालयले भर्ना भएको विद्यार्थीलाई कुनै पनि बहानामा निष्कासन गर्न नपाउने, वैकल्पिक शिक्षाको प्रबन्ध गर्नुपर्ने, अभिभावक पहिचान नभएका बालबालिकालाई पनि विद्यालयले अभिभावकत्व लिई शिक्षा प्रदान गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गरे ।
स्थानीय सरकार संचालन ऐनअन्तर्गत प्रदेशले प्रदेश विश्वविद्यालयसम्म खोल्न पाउने अधिकार रहेको चर्चा गर्दै निर्देशक अर्यालले सबैको ध्यान विद्यार्थी केन्द्रित गतिविधितर्फ हुनुपर्ने धारणा राखे । उनले त्यस अवसर मेगा किचनको अवधारणाबारे पनि प्रस्टाए । पछिल्लो समय विद्यालय अनुगमनको पाटो फिलतो बन्दै गएकोतर्फ उनले सचेत गराए ।
शिक्षा विकास तथा समन्यय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले सामुदायिक विद्यालयमा भर्ना गर्दा कोटा प्रणाली तोड्नुपर्ने भन्दै सेवा क्षेत्रका विद्यार्थीलाई सरकारी विद्यालयले अनिवार्य भर्ना लिनुपर्ने राज्यको नीति भएको स्पष्ट पारे । उनले पछिल्लो समय समग्रमा सामुदायिक विद्यालयमा विद्यार्थी भर्नादर बृद्धि हुँदै गइरहेको दाबी गर्दै समाजका अग्रज व्यक्तित्वका बाबुनानीहरु पनि सामुदायिक विद्यालयमा नै भर्ना गराउने संस्कृति विकास गर्नुपर्ने धारणा राखे । अभिभावकलाई सचेत गराउने दायित्व विद्यालयको भएको स्पष्ट पार्दै प्रमुख आचार्यले स्थानीय पाठ्यक्रमलाई पनि जोड दिनुपर्ने प्रस्टाए ।
पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले अभिभावक सहभागिता रहेका विद्यालयहरु क्रमशः सफल बन्दै गएको बताए । त्यसमा कतिपय व्यवस्थापकीय कुराहरुले पनि प्रभाव पार्ने उनले औंल्याए । उनले नेपाल सरकारले उपलब्ध गराउँदै आएको दिवा खाजा कार्यक्रममा पोखरा महानगरतर्फबाट १० रुपैयाँ थप गरी महानगरअन्तर्गतका विद्यालयमा प्रतिदिन प्रतिविद्यार्थी २५ रुपैयाँ दरको खाजा व्यवस्था गरिएको पनि जानकारी दिए । महाशाखा प्रमुख आचार्यले पछिल्लोपटक महानगरका ११ विद्यालय मर्ज गरिएको उदाहरण पेस गर्दै ९ वटा आधारभूत विद्यालय मर्ज गर्न प्रस्ताव तयार भइसकेको अवगत गराए ।
शिक्षा विकास निर्देशनालय गण्डकीका महानिर्देशक आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रम शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शाखा अधिकृत धर्मप्रसाद तिवारीले संचालन गरे ।
Related News
सम्बन्धित समाचार
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१